×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकद्वारा वैदेशिक रोजगारी आइपीओ खाता संचालन

PRIME CA
GLOBAL IME BANK

गरिमा विकास बैंकद्वारा वैदेशिक रोजगारी आइपीओ खाता संचालन

५ पुष २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । गरिमा विकास बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई बैकिङ एवम् सेयर मार्केट सम्म पहुँच पुर्याउने उद्धेश्यले Foreign Employment IPO Account को सुरुवात गरेको छ ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशन अनुसार प्राथमिक सेयर निष्कासन (आईपिओ) जारी गर्ने संस्थाले १०% सेयर वैदेशिक रोजगारमा रहने नेपालीहरुका लागि छुट्याउनु पर्ने व्यवस्था अनुसार त्यसलाई आवश्यक पर्ने सिआस्बा सुविधा दिनका लागि गरिमा विकास बैंकले विशेषतः यो खाता संचालनमा ल्याएको हो । वैदेशिक रोजगारमा रहेका नेपालीहरुले सजिलै बैंकको आधिकारीक वेबसाईटमा उपलब्ध अनलाईन खाता खोल्न मिल्ने सुविधामार्फत यो खाता खोली डिम्याट, सिआस्बा र मेरो सेयरको सुविधा प्राप्त गर्न सक्नेछन् ।

साथै,  बैंकमा पहिला नै बचत तथा अन्य खाता हुने ग्राहकहरुले पनि सजिलै यो खाता खोल्न मिल्ने व्यवस्था मिलाईएको छ । हाल, यस विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५१ एटिएम एवम् विभिन्न डिजिटल बैंकिङ सुविधाहरु जस्तै: डिजी बटुवा, डेविट/क्रेडिट कार्ड, ईन्टरनेट बैंकिङ र अनलाईन खाता मार्फत सरल, सुरक्षीत तथा गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: