×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकद्वारा विदेशी मुद्रा विनिमय सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गरिमा विकास बैंकद्वारा विदेशी मुद्रा विनिमय सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

Artha Sarokar

१५ पुष २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गरिमा विकास बैंकले विदेशी मुद्रा विनियम सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गरिमा विकास बैंक लिमिटेड र विदेशी मुद्रा विनिमय संघ नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमय सम्बन्धी एकदिने बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल राष्ट्र बैंकका विशिष्ट प्रतिनिधिहरु तथा विभिन्न विदेशी मुद्रा विनिमयका संचालक तथा कर्मचारीहरु गरी ११० जना भन्दा बढिको उपस्थितीमा ठमेलमा रहेको होटल र्मस्याङ्दीमा सम्पन्न भएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा नेपालमा विदेशी मुद्रा विनिमय, एंटि मनी लण्डरिङ (गो एएमएल), सम्पती शुद्धिकरण लगायतका समसामयिक विषयहरुमा बृहत छलफल तथा प्रशिक्षण भएको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले पनि उक्त कार्यक्रमलाई सम्बोधन गर्दै देशको समग्र बैंकिङ प्रणालीमा विदेशी मुद्रा विनिमयको स्थितीको बारेमा भनाई राखेका थिए । हाल, गरिमा विकास बैंकले लाजिम्पाट, ठमेल, माछापुच्छ्रे लगायत विभिन्न शाखाहरुबाट विदेशी मुद्रा सटहीको सरल व्यवस्था गर्दै आईरहेको जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी