काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष बुधबार संयुक्त निवेदन पेश गरेका छन् ।
ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन पेश गरेका हुन् । उक्त कार्यक्रममा दुवै बैंकका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
यसअघि ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच मर्जर प्रयोजनका लागि २०७९ आषाढ २ गते प्रारम्भिक सहमतिमा तथा २०७९ कार्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो । मर्जरको निम्ति सेयर स्वाप अनुपात १ः१ कायम गर्ने दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् ।
उक्त अनुमोदनलाई दुबै बैंकले मसिंर २३ गते दुवै बैंकका साधारण सभाबाट समेत पारित गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्