काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार १ लाख ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८६ हजार १ सय ६५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८३ रुपैयाँ कायम गरेको छ ।