काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म ग्यापुले आफ्नो जिङ्गलमा टिकटक बनाउने टिकटक प्रयोगकर्ताहरूका लागि ३ लाख ५० हजार रुपैयाँ जित्ने मौका ल्याएको छ । ‘टिकटक हिरोज सिजन २’ अन्तर्गत ग्यापुको जिङ्गलमा टिकटक बनाउने २ जनालाई ‘वाइल्डकार्ड एन्ट्रि’ दिइने ग्यापुका चिफ मार्केटिङ अफिसर अभिमन्यु शर्माले जानकारी दिएका छन् ।
‘वाइल्डकार्ड एन्ट्रि’का लागि सहभागीहरूले ग्यापुको जिङ्गलमा टिकटक बनाइ ग्यापुको टिकटक अकाउन्टमा ‘ट्याग’ गर्नुका साथै नियम बमोजिम ह्यासट्याग समेत प्रयोग गर्नुपर्ने हुन्छ । जसका लागि ग्यापुको अफिसियल टिकटक अकाउन्टमा नमुना भिडियो पनि राखिएको शर्माले बताएका छन् ।
ग्यापुले उक्त प्रतियोगिताको लागि कत्तिक ४ देखि २५ गतेसम्म फारम खुलाएको थियो । जसमा ५ हजारभन्दा बढीले सहभागिता जनाएका थिए । जसमध्ये ९८ जनालाई छनौट गरि प्रतियोगितालाई अघि बढाइएको शर्मा बताउँछन् । उक्त प्रतियोगितामा विजेताहरूका लागि कुल ३ लाख ५० हजार रुपैयाँ पुरस्कार तोकिएको शर्माले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्