काठमाडौं । ‘खल्ती’ ले करदाताहरूका लागि काठमाडौं महानगरपालिकासँग साझेदारी गरी आफ्नो राजस्व सङ्कलनमा डिजिटलाइजेसनको लागि सजिलै कर भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ ।
यो सुविधा उपलब्ध भए लगत्तै करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने करहरू जस्तै : घर बाहाल कर, सम्पति कर व्यवसायको कर अब खल्ती मार्फत सहजै भुक्तानी गर्न सक्नेछन् । यसअघि यो सेवा करदाता पोर्टलमा लग इन गरि मात्र भुक्तानी उपलब्ध थियो भने अब खल्तीले यसलाई एपमा नै सक्षम पारेर भुक्तानीलाई अझ सहज र झन्झटमुक्त बनाएको छ ।
उक्त सेवाका बारे थप बोल्दै खल्ती का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, ‘हाम्रो लक्ष्य भनेको जनताको दैनिक भुक्तानीलाई सहज बनाउनु हो। यस प्रक्रियामा हामीले विभिन्न स्थानीय सरकार र अधिकारीहरूसँग साझेदारी सुरु गरेका छौं । काठमाडौं महानगरपालिकासँगको यो साझेदारीले पारदर्शी र प्रभावकारी राजस्व संकलनका लागि निश्चित रूपमा लाखौं घरपरिवारलाई कर भुक्तानीको आनन्द लिन सक्षम बनाउनेछ ।’
करदाताले तल बताइएको तरिका अनुसार ‘खल्ती’ छनौट गरि भुक्तानी गर्न सक्नेछन् :
१. खल्ती एप को होमस्क्रिन मा गई ‘लोकल गभर्मेन्ट’ मा जानुहोस्
२. ‘काठमाडौं महानगरपालिका’ छनौट गरि कर भुक्तानीकर्ता आईडी राख्नुहोस्
३. कर भुक्तानी प्रकार छनौट गर्नुहोस्
○ घर बहल कर
○ सम्पत्ति कर
○ व्यवसाय कर
४. विवरणहरू प्रमाणित गर्नुहोस् र भुक्तानी गर्नुहोस्
५. भुक्तानी विकल्प ‘खल्ती वालेटू वा’ लिङ्क गरिएको बैंक खाताू चयन गर्नुहोस्
६. भुक्तानी गरेको बिल खल्ती को कारोबर सेक्सन् (ट्रान्ज्याक्सन हिस्ट्री) मा प्राप्त हुनेछ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्