काठमाडौं । खल्तीले अब प्रयोगकर्ताहरुलाई सजिलै सदर चिडियाखानाको टिकट काट्न मिल्ने सुबिधा ल्याएको छ । यस सुविधाले सदर चिडियाखानामा लाइन बसी टिकट काट्नुपर्ने समस्याको समाधान भएको छ ।
उक्त सेवाका बारेमा बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भन्नुभयो, ‘विशेष गरि सानै छोराछोरी भएका अभिभावकहरुलाई अब परिवारलाई चिडियाखाना घुमाउन लाइन बसेर टिकट काट्नुपर्ने छैन। बिगतमा पनि खल्तीले आम नेपालीहरुको समस्याहरुको समाधानलाई ध्यानमा राखी यस्तै विभिन्न सुबिधाहरु ल्याइसकेको छ । अव परिवारसँग गुणस्तरीय समय बिताउन,चिडियाखाना घुमाउन योजना बनाउदा घर बाटै टिकट काट्न सजिलो भएकाले यसले आन्तरिक पर्यटनमा पनि योगदान गर्ने विश्वास हामीले लिएका छौं ।’
इच्छुक प्रयोगकर्ताले तल बताइएको तरिका अनुसार खल्ती मार्फत सदर चिडियाखानाको टिकट बुक गर्न सक्नेछन् :
१.खल्ती एप को होमस्क्रिनमा ‘सेन्ट्रल जु’ मा ट्याप गर्ने
२.उपलब्ध अप्सन जस्तै विद्यार्थी, बालबच्चा, विदेसी पर्यटक मा आफुलाई चाहिएको कोटामा टीक गर्ने
३.आफुलाई आवस्यक टिकट संख्या राखी व्यक्तिगत विवरण भर्ने
४.पेमेन्ट अप्सन छानी भुक्तानी गर्ने
खल्ती मार्फत काटिएको टिकट खल्तीको मेनु भित्र रहेको ‘माई बुकिङ’ मा हेर्न सकिनेछ । साथै खल्ती बाट सदर चिडियाखानाको टिकट काट्दा हरेक दिन १ जना भाग्यमानी प्रयोगकर्ताले ३२” यसुदा टिभी जित्न सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्