×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजस्व संकलनको लागि खल्ती र ललितपुर महानगरपालिकाबीच साझेदारी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

राजस्व संकलनको लागि खल्ती र ललितपुर महानगरपालिकाबीच साझेदारी

Artha Sarokar

१३ पुष २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । खल्तीले ललितपुर महानगरपालिकासँग आफ्नो राजस्व संकलन डिजिटलाइजेसनका लागि सहकार्य गरेको छ । करदाताले ‘खल्ती’ बाट ललितपुर महानगरपालिकाको घर बहाल कर, सम्पत्ति कर र व्यवसाय कर शुल्क तिर्न सक्नेछन् ।

हालै काठमाडौं महानगरपालिकाको कर भुक्तानीका लागि पनि सोही सेवा उपलब्ध भएको थियो । त्यसैगरी ललितपुर महानगरपालिकाका बासिन्दालाई घर बहाल कर भुक्तानी सुविधा उपलब्ध भएसँगै खल्ती प्रयोगकर्ताले वडा कार्यालयमा नगइकनै विभिन्न कर तिर्न सक्ने खल्तीले जनाएको छ   ।

उक्त सेवाका बारे थप बोल्दै खल्ती का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, ‘डिजिटल भुक्तानी गर्ने क्षमता पहिला भन्दा धेरै महत्वपूर्ण भएको छ, किनभने यसले व्यवसाय र उपभोक्ता दुवैलाई धेरै तरिकाले फाइदा पुर्याउँछ । यस प्रक्रियामा हामीले विभिन्न स्थानीय सरकार र अधिकारीहरूसँग साझेदारी सुरु गरेका छौं । ललितपुर महानगरपालिकासँगको यो साझेदारीले पारदर्शी र प्रभावकारी राजस्व संकलनका लागि निश्चित रूपमा हजारौँ घरपरिवारलाई कर भुक्तानीको आनन्द लिन सक्षम बनाउनेछ।’

करदाताले तल बताइएको तरिका अनुसार ‘खल्ती’ छनौट गरि भुक्तानी गर्न सक्नेछन् :

१. खल्ती एपको होमस्क्रिन मा गई ‘लोकल गभर्मेन्ट’ मा जाने

२. ललितपुर महानगरपालिका छनौट गरी कर भुक्तानीकर्ता आईडी राख्ने

३. कर भुक्तानी प्रकार छनौट गर्ने

○ घर बहाल कर
○ सम्पत्ति कर
○ व्यवसाय कर

४. विवरणहरू प्रमाणित गर्ने र भुक्तानी गर्ने

५. भुक्तानी विकल्प ‘खल्ती वालेट’ वा ‘लिङ्क गरिएको बैंक खाता’ चयन गर्ने

६. भुक्तानी गरेको बिल खल्तीको कारोबर सेक्सन् (ट्रान्ज्याक्सन हिस्ट्री) मा प्राप्त हुनेछ

ISO 27001 : 2013 घ बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित, खल्ती आफ्नो सेवाको छैठौं वर्षमा पुगेको छ । खल्तीमा हाल २५ लाख भन्दा बढी प्रयोगकर्ताहरू र ६० हजार भन्दा बढी एजेन्ट नेटवर्कसँगै देशभर को परिवारमा वृद्धि गरेको छ । सबै नेपालीहरूमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई र सिनेमा टिकट बुकिङ, बीमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराएको जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी