Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंकको विशेष साधारणसभा सम्पन्न, मर्जर सम्बन्धि प्रस्ताव पारित

अर्थ सरोकार

काठमाडौं । कुमारी बैंक लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारणसभा मंसिर २५ गते आइतबार बैंकको नक्साल कार्यालयमा संचालक समितिका अध्यक्ष अमिर प्रतापको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभाले कुमारी बैंक र एनसीसी बैंक एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धि समितिबाट प्रस्तुत प्रतीवेदन पारित गरेको छ । एक आपसमा  गाभ्ने/गाभिने प्रयोजनका लागि मुल्यांकनकर्ताबाट प्राप्त चल/अचल  सम्पति तथा कारोबारको  मुल्यांकन प्रतिवेदनको आधारमा निर्धारण  गरिएको सेयर स्वाप अनुपात १:१ स्वीकृत गरेको छ ।

साथै, मर्जर पछि बन्ने संस्था कुमारी बैंक लिमिटेडकोअधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि हुने भएकाले सोहि अनुसार पुँजी वृद्धि गरी वृद्धि भएको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी अनुसार प्रबन्धपत्रको दफा ५ (क). ५ (ख) र ५ (ग) संशोधन गर्ने तथा नियमावलीको नियम ८ मा संचालक संख्या ६ जना हुने गरी  र नियम २९ मा संचालकको पारिश्रमिक, भत्ता र सुबिधा सम्बन्धि व्यबस्था संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्ज) सम्पन्न भए पश्चात चुक्ता पूँजी रु.२६ अर्ब भन्दा बढी हुने छ भने शाखा संख्या ३ सय ५५, ए.टी.एम. संख्या २ सय ४४, एक्स्टेन्सन काउन्टर संख्या ५१, निक्षेप (ग्राहक) ३ खर्ब १ अर्ब भन्दा बढी, कर्जा २ खर्ब ७८ अर्ब भन्दा बढी हुनेछ ।

कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहकवर्ग, संस्थापक तथा सर्वसाधारण सेयरधनी, संचार जगत, बैंकसँग सम्बन्धित विभिन्न सरकारी एवं नियमनकारी निकाय तथा सम्पूर्ण कर्मचारी वर्गको अहिले सम्म प्राप्त सहयोग, सदभाव तथा विश्वास आगामी दिनमा पनि निरन्तर रहिरहने अपेक्षा राख्दै आगामी दिनमा ग्राहकहरुलाई अझ छिटो छरिटो र सरल बैंकिङ सेवा दिने क्रम जारी रहने प्रतिवद्धता व्यक्त गरेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK