Skip to content
LAXMI SUNRISE BANK

मनकामना बन्यो डिजिटल बजार, हरेक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिने

अर्थ सरोकार

काठमाडौं । धार्मीक एवं पर्यटकीय क्षेत्र मनकामना बजार डिजिटल बजारका रुपमा स्थापीत भएको छ । योसँगै अबदेखि मनकामना मन्दिरसँगै मन्दिर क्षेत्रका कुनैपनि पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिने भएको छ । शुक्रबार एक कार्यक्रकाबीच मनकामना बजारलाई डिजिटल बजारका रुपमा घोषणा गरिएको हो ।

नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक एवं भुक्तानी प्रणाली विभाग प्रमुख गुरु प्रसाद पौडेलले मनकामना बजारलाई डिजिटल बजारका रुपमा उद्धघाटन गरेका हुन् । एनएमबी बैंक र फानपेको शक्रियतामा डिजिटल बजारका रुपमा घोषणा गरिएको हो ।

डिजिटल बजार घोषणा कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत शुनिल केसी, फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा, शहिद लखन गाउँ पालिका, मनकामना क्षेत्र विकास समिति, मनकामना जिर्णद्धार समिति, मनकामना मन्दिरका मुल पुजारी,उद्योग वाणिज्य संघ इकाइ समिति, खानेपानी तथा सरसफाइ समिति, माई मनकामना बचत तथा ऋण सहकारी संस्था साना किसान बचत तथा ऋण सहकारी संस्था लगायत स्थानीय व्यवसायी तथा समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक हो । फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन् ।  फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । यसैगरी फोनपे डाइरेक्ट मार्फत् मोबाईल नम्बर राखि कुनैपनि बैंकको बैंक खातामा रकम पठाउन सकिन्छ भने विभिन्न किसिमका सेवाको रकम भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म करिब १० लाख भन्दा धेरै मर्चेन्ट रहेका छन् । एक करोड ५० लाख भन्दा धेरै मोबाईल बैकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK