काठमाडौं । नेरुडे लघुवित्त वित्तिय संस्था र मिर्मिरे लघुवित्त वित्तिय संस्थाबीच एक आपसमा गाभ्ने गाभिने (मर्जर ) सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
पर्पल हेज रेस्ट्रो विराटनगरमा सम्पन्न भएको उक्त प्रारम्भिक समझदारी पत्रमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट अध्यक्ष टेक बहादुर बोहरा र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट अध्यक्ष डा. भेष प्रसाद धमलाले हस्ताक्षर गरेका हुन् ।
मर्जर पश्चात दुबै संस्थाबाट ३, ३ जना संचालक रहने र एकिकृत संस्थाको अध्यक्षमा मिर्मिरे लघुवित्त वित्तीय संस्थाका हालका अध्यक्ष टेक बहादुर बोहरा रहने भएका छन् । साथै, प्रमुख कार्यकारी अधिकृतमा नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेडका हालका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल रहने गरी सम्झौता पत्रमा हस्तक्षर भएको हो ।
एकिकृत संस्थाको केन्द्रीय कार्यालय हालको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान बनेपा नगरपालिका वडा नं. ८, काभ्रेपलान्चोकमा रहने समझदारी पत्रमा उल्लेख भएको वित्तीय संस्थाका मर्जर एक्वीजिसन समितीका संयोजक सन्तोष फुयालले बताएका छन् ।
लघुवित्त संस्थाहरु गाभ्ने गाभिने कार्य सम्पन्न भई एकिकृत कारोवार पश्चात वित्तीय संस्थाको कुल चुक्तापूँजी १ अर्ब ३८ करोड, शाखा सञ्जाल संख्या २५०, सदस्य संख्या ३ लाख बढी, ऋणी संख्या १ लाख ७५ हजार, निक्षेप ६ अर्ब २५ करोड, कर्जा लगानी रकम २० अर्ब हुनेछ भने कर्मचारी संख्या १,३०० पुग्ने भएको छ ।
दुवै वित्तीय संस्थाका मर्जर एक्वीजिसन समितीका संयोजकद्धय मणीकुमार अर्याल र सन्तोष फुयाल लगायत दुवै संस्थाका संचालकहरुको साथै प्रमुख कार्यकारी अधिकृतद्धय पुष्कर राज जोशी र भोजराज बस्याल एवम् संस्थाका कर्मचारीहरुको उपस्थीतीमा सम्पन्न भएको तथ्य वित्तीय संस्था स्रोतले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्