काठमाडौं । ट्राभल कम्पनीको रुपमा स्थापित गुरु ट्राभल्स लिमिटेड तथा मुक्तिनाथ विकास बैंकबीच व्यवसायिक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
मुक्तिनाथ विकास बैंक, प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलको समुपस्थितिमा बैंकका तर्फबाट संस्थाका सह नायब प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरूङ तथा गुरु ट्राभल्स लिमिटेडका प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा दुइटै संस्थाका वरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो । सहमति बमोजिम गुरु ट्राभल्स लिमिटेडले बैंक तथा यसका कर्मचारीहरूलाई अधिकारिक ट्राभल्स पार्टनरको रूपमा ट्राभल्स सेवामा विशिष्टीकृत सेवाका साथ विभिन्न छुट तथा सुविधाहरु उपलब्ध गराउने भएको छ ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले एकआपसमा जोडिन पाउँदा हर्षित भएको एवम् भविष्यमा एक अर्कासँग सहकार्य कायम रहने विश्वास रहेको बताएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्