Skip to content
LAXMI SUNRISE BANK

मुक्तिनाथ क्यापिटलले गर्यो सम्झना ल्याबोरेटोरीसँग विशेष छुटको सम्झौता

अर्थ सरोकार

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेड र सम्झना ल्याबोरेटोरी प्रा. लि. बीच क्यापिटलका ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको छ । सम्झौतापत्रमा क्यापिटलका वरिष्ठ प्रबन्धक अनिल महर्जन र सम्झना ल्याबोरेटोरी प्रा लि.ललितपुरका तर्फबाट संचालक रजना श्रेष्ठ जोशीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार क्यापिटलको निक्षेप सेवा अन्तर्गतका हितग्राही खातावालाहरुले उक्त क्लिनिकबाट सेवा सुविधा शुल्कमा १०% देखी ५०% सम्म छुट प्राप्त गर्न सक्नेछन् । विषेश गरी यदी कोहि खातावालाहरु रातो कार्ड होल्डर सदस्य (जेष्ठ नागरिक, एकल महिला र अपाङ्ग नागरिकहरु), क्यान्सर तथा मृगौलाका विरामीहरु भएमा उक्त खातावालाहरुलाई ल्याब परिक्षण गर्दा ५०%, X-Ray, ECG, USG, ECHO परिक्षण मा २५% र औषधिमा १२% छुट को व्यवस्था उपलब्ध गराईनेछ ।

साथै, साधारण हितग्राही खातावालाहरुलाई ल्याब परिक्षण मा २०%, X-Ray, ECG, USG, ECHO परिक्षण मा २०% र औषधि मा १०% छुट को व्यवस्था रहेको छ । मुक्तिनाथ क्यापिटलमा हितग्राही खाता भएका खातावालाहरुले आफ्नो डिम्याट खाता नम्बर र आफ्नो परिचय खुल्ने कागजात देखाई यस योजना अन्तर्गत उक्त छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झना ल्याबोरेटोरी क्लिनिकले विगत ४० वर्ष देखि विशेषज्ञ डाक्टर तथा दक्ष स्वास्थ जनशक्तिद्वारा जाँच र पर्याप्त स्रोत साधन मार्फत उत्कृष्ट ग्राहक सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै, अन्य विभिन्न स्वास्थ संघ संस्थाहरुसँग हातेमालो गर्दै गुणस्तर सेवामुखी भावनाले यस ल्याबोरेटोरीलाई उक्त क्षेत्रकै एक नमुनाको रुपमा चिनाउन सफल भएको दावी गरेको छ ।

मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा अनुमतिपत्र प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन तथा निक्षेप सदस्य सम्बन्धी सेवा विश्वसनीयताका साथ आफ्नो ग्राहकवर्गहरुलाई प्रदान गर्दै आईरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK