काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेड र बिर्यानि अड्डा एण्ड तन्दुर प्रा. लि. बीच क्यापिटलका ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको छ ।
सम्झौतापत्रमा क्यापिटलका वरिष्ठ प्रबन्धक अनिल महर्जन र बिर्यानि अड्डा एण्ड तन्दुर प्रा. लि. तर्फबाट नवराज कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार क्यापिटलको निक्षेप सेवा अन्तर्गतका हितग्राही खातावालाहरुले उक्त रेष्टुरेन्ट बिर्यानि अड्डा एण्ड तन्दुरको शाखाहरु बालुवाटार, बानेश्वर वा पेप्सीकोलाबाट सेवासुविधाको शुल्कमा १०% छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त सेवा लिनका लागि मुक्तिनाथ क्यापिटलमा हितग्राही खाता भएका ग्राहकहरुले आफ्नो डिम्याट खाता नम्बर र आफ्नो परिचय खुल्ने कागजात देखाई उक्त छुट प्राप्त गर्न सक्नेछन् । बिर्यानि अड्डा एण्ड तन्दुर प्रा. लि. द्धारा ग्राहकहरुलाई वास्तविक बिर्यानिको स्वाद पस्कने मूल अठौटका साथ नेपाली बजारलाई अध्ययन गरी नेपालमै उत्पादित मसलाहरु प्रयोग गरी ई.स.२०२० मार्चबाट औपचारिक रुपमा बानेश्वरबाट आफ्नो व्यवसाय शुभारम्भ गरेको हो ।
मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा अनुमतिपत्र प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन तथा निक्षेप सदस्य सम्बन्धी सेवा विश्वसनीयताका साथ आफ्नो ग्राहकहरुलाई प्रदान गर्दै आईरहेको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्