काठमाडौं । नाडाको संस्थागत सदस्य, बागमति प्रदेश अन्तर्गत रहेका चितवन अटोमोवाइल्स एशोसिएशन र हेटौंडा अटोमोवाइल्स एशोसिएशनले चितवन र हेटौडामा पनि शान्तिपूर्ण विरोध कार्यक्रम गरेका छन् । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले घोषणा गरेको देशव्यापी आन्दोलन अन्तर्गत ती एशोसिएशनहरुले विरोध प्रदर्शन गरेको हो ।
व्यवसायीहरुले सरकार विरुद्धका नारा लेखिएका प्लेकार्ड तथा व्यानर बोकेर नारायणगढको लायन्स चौक र हेटौडाको बुद्धचोकमा उत्रिएका हुन् । सरकारको पछिल्लो नीतिले अटोमोबाइल्स व्यवसायीहरु नै धरासायी हुन पुगेको उनीहरुको आरोप छ ।
सो धर्ना कार्यक्रममा व्यवसायीहरुले चालू पुँजी कर्जा मार्गदर्शन खारेज, मौद्रिक नीति परिमार्जन, ब्याजदर नियन्त्रण, कोभिड तथा आयात प्रतिबन्धका कारण लामो समय देखि थला परेको अटोमोवाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण, व्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने, अटो लोन फाइनान्सिङ सुविधामा लागेको ५० प्रतिशतको क्याप हटाउनु पर्ने, बैंकको ब्याजदर नियन्त्रण हुनु पर्ने लगायतका मागहरु राखेका थिए ।
व्यवसायीहरुको सो छुट्टाछुट्टै रुपमा सम्पन्न धर्ना कार्यक्रममा उद्योग वाणिज्य संघ चितवन र मकवानपुर उद्योग वाणिज्य संघको समेत ऐक्यबद्धता रहेको थियो । उक्त प्रदर्शनी स्थलमा व्यवसायिहरुले व्याजदर नियन्त्रण गर, सत प्रतिशत नगद मार्जिन व्यवस्था खारिज गर, चालु पुँजी कर्जा मार्गदर्शन स्थगन गर, मौद्रीक नीति परिमार्जन गर लगायतका नाराहरु लेखिएका प्लेकार्डहरु बोकेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्