Skip to content
LAXMI SUNRISE BANK

चर्को व्याजदरको विरुद्धमा बुटवलमा पनि विरोध प्रदर्शन

अर्थ सरोकार

बुटवल । नाडाको लुम्बिनी प्रदेश अन्तर्गत रहेको संस्थागत सदस्य लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालले पनि बुटवलको बसपार्कमा शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना गरेको थियो । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले घोषणा गरेको देशव्यापी आन्दोलन अन्तर्गत त्यस एशोसिएशनले पनि प्लेकार्ड सहित विरोध प्रदर्शन गरेको हो ।

सो एशोसिएशनका अध्यक्ष गणेश भट्टराइले सरकारले कार, जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयात खुला गरे पनि बैंकहरुको उच्च व्याज दरका कारण सवारी साधनहरुको बिक्री वितरण हुने वातावरण बन्न नसकेको दुखेसो गर्दे अझै थुप्रै जटिलताहरु रहेको धारणा राखेका थिए ।

यस अघि उक्त एशोसिएशनका पदाधिकारीहरुले नेपाल राष्ट्र बैंक भैरहवामा ज्ञापनपत्र समेत बुझाएका थिए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK