काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले भरतमोहन अधिकारी स्मृती फाउण्डेसनको आर्थिक सहयोगमा २ आर्थिक पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । नाफिजले फाउण्डेसनको सहयोगमा ‘भरतमोहन अधिकारी- नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी-नाफिज सहकारी पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको हो ।
नाफिजका अध्यक्ष मोदनाथ ढकाल र फाउण्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले मंगलबार एक कार्यक्रमकाबीच पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । फाउन्डेसनको सहयोगमा नाफिजले आर्थिक तथा सहकारी बिटमा कलम चलाउँदै आएका आर्थिक पत्रकारको वृत्ति विकास, क्षमता विस्तार र असल पत्रकारिता अभ्यासमा प्रोत्साहन पुर्याउने हेतुले पुरस्कार प्रदान गर्ने भएको हो ।
पुरस्कारले स्वस्थ तथा खोजमुलक आर्थिक पत्रकारितालाई प्रबर्द्धन गर्ने अपेक्षा गरिएको छ । यो वर्षको ‘भरतमोहन अधिकारी-नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी-नाफिज सहकारी पत्रकारिता पुरस्कार’ मंसिर २८ गते नाफिजको छैठौं महासभाको विशेष समारोहमा ५०/५० हजार रुपैयाँको दरले २ जनालाई प्रदान गरिनेछ । पुरस्कार छनोटका लागि दुवै संस्थाको प्रतिनिधित्व रहने गरी ३ सदस्यीय कार्यदल गठन गरिनेछ ।
फाउण्डेसन र नाफिजबीच भविष्यमा यस्तै पुरस्कार प्रदान गर्न अक्षय कोष स्थापना गर्ने सहमति पनि भएको छ । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै अधिकारी पुत्री लिमाले भरतमोहन अधिकारीले देशको राजनीतिक, आर्थिक, सामाजिक तथा सहकारी क्षेत्रमा पुर्याएको अतुलनीय योगदानलाई सधैं चिर स्थायित्व दिन तथा नेपालको आर्थिक तथा सहकारी पत्रकारितामा विशिष्ट योगदान पुर्याउने पत्रकारहरूलाई सम्मान गर्न नाफिजसँग सम्झौता गरेको बताएकी हुन् ।
उनले पुरस्कारको घोषणासँगै आर्थिक पत्रकारलाई आर्थिक घटनाक्रम तथा विषयवस्तुलाई सबल, निष्पक्ष, खोजमुलक, प्रभावकारी तथा तार्किक निचोड दिँदै आर्थिक समृद्धिमा टेवा पुर्याउन हौसला मिल्ने दावी गरेकी थिएन् । ‘पुरस्कारलाई साथ दिन पाउँदा सहकारी क्षेत्रमा बुबाले गर्न चाहेका तर अधुरै रहेका कामले सार्थकता पाउने विश्वास छ,’ उनले भनिन्, ‘आर्थिक तथा सहकारी बिटमा पत्रकारिता गर्नुहुने साथीहरुले भरतमोहन अधिकारीको नाममा पुरस्कार प्रदान गर्ने मौका पाउँदै अत्यन्तै खुसी मिलेको छ ।’
सो अवसरमा नाफिजका अध्यक्ष मोदनाथ ढकालले पत्रकारितालाई प्रतिस्पर्धी बनाउन तथा खोजमुलक पत्रकारिता प्रबर्द्धन गर्न पुरस्कारले ठूलो भुमिका खेल्ने उल्लेख गरेका थिए । स्वर्गीय अधिकारीको सम्झना गर्दै उनले समाचारको गुणस्तर र पत्रकारहरुको प्रतिस्पर्धी क्षमता वृद्धि गर्न यस्ता पुरस्कारको महत्व रहेको पनि बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्