काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागी (२०७९ पौष ७ गते देखी ९ गते सम्म) ‘गोसाईकुण्ड हेली टुर’ कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि कम्पनीले संचालन गरेको मासिक अभिकर्ता योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीले काठमाडौं बुढानिलकण्ठबाट हेलिकप्टरमा गोसाईकुण्डको भ्रमण गराएको थियो । भ्रमणमा जानु पूर्व कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ताहरुलाई सफल भ्रमणको शुभकामना दिँदै यस प्रकारको भ्रमणले अभिकर्ताहरुको मनोवल वृद्धि भई कम्पनीको व्यवसाय समेत प्रवर्द्धन हुने विश्वास व्यक्त गरेका थिए ।
देशै भरीबाट उत्कृष्ठ व्यवसाय गरी योजनामा छनौट भई भ्रमण कार्यक्रममा सहभागि हुन सफल करिब २०० जना अभिकर्ताहरुलाई उनीहरुको अथक परिश्रम र मेहनतको कदर गर्दै प्रमुख कार्यकारी अधिकृतले सम्मान समेत गरेका थिए । कार्यक्रममा सहभागि अभिकर्ताहरुले कम्पनीले आयोजना गर्ने यस प्रकारको भ्रमणले आफूहरु उत्प्रेरित भएको र यसबाट आफ्नो वृत्ति विकासमा सकरात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्