×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल रेमिट र प्रभु म्यानेजमेन्टबीच रेमिटान्स कारोबारका लागि व्यवसायिक सम्झौता

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल रेमिट र प्रभु म्यानेजमेन्टबीच रेमिटान्स कारोबारका लागि व्यवसायिक सम्झौता

Artha Sarokar

२८ मंसिर २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रा.लि र प्रभु म्यानेजमेन्ट प्रा.लि बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रा.लि को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र प्रभु म्यानेजमेन्ट प्रा.लि को तर्फबाट अध्यक्ष कुसुम लामाले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताबाट प्रभु म्यानेजमेन्ट प्रा.लि नेपाल रेमिट इन्टरनेशनल प्रा.लि को मुख्य प्रतिनिधि भएको छ । नेपाल रेमिट इन्टरनेशनल प्रा.लि ले नेपालका सबै बैंक खाताहरुमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइरहेको छ । विभिन्न वालेट कम्पनीहरुसँग साझेदारी गरी विदेशबाट वालेटमा समेत रेमिट्यान्स् भित्राउँदै आएको छ ।

बिगत १५ वर्ष देखि रेमिटान्स क्षेत्रमा काम गर्दे आएको साथै देश भर १०,००० भन्दा बढि स्थानबाट सेवा प्रदान गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि र बिगत एक दशक देखि रेमिटान्स क्षेत्रमा काम गर्दे आएको प्रभु म्यानेजमेन्ट प्रा.लि बिचको सम्झौताले विश्वका हरेक क्षेत्रबाट पठाएको रकम नेपालमा सरल तरिकाबाट प्राप्त गर्न थप सरल छिटो र छरितो हुने अपेक्षा गरिएको छ ।

प्रभु म्यानेजमेन्ट प्रा.लि सँगको सम्झौतासँगै नेपाल रेमिटका ग्राहकहरुले अब देशभर रहेका १५००० स्थानहरुबाट विदेशबाट पठाएको रकमको भुक्तानि लिन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी