काठमाडौं । नेपाल रेमिट इन्टरनेशनलको प्रमुख कार्यकारी अधिकृतमा रेमिट्यान्स क्षेत्रका चर्चित व्यक्तित्व एवं चार्टर्ड एकाउण्टेन्ट सागर खनाल नियुक्त भएका छन् । २९ वर्षिय खनालको रेमिट्यान्स् क्षेत्रमा ७ बर्ष भन्दा बढि समयको अनुभव छ । बिजनेस, रणनीति र योजना तथा मार्केटिङ्ग र व्यवस्थापनमा राम्रो अनुभव भएका खनालको रेमिट्यान्स् क्षेत्रमा स्थापित नाम हो ।
खनाललाई एक समारोहकाबीच नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का अध्यक्ष रितश मित्तलले स्वागत गरेका हुन् । खनालले आफ्नो पदभार समेत ग्रहण गरिसकेका छन् । विगत १७ वर्ष देखि रेमिटान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि ले डिजिटल रेमिट्यान्स्मा अझै जोड दिँदै विश्वका विभिन्न कुनावाट रेमिट्यान्स् भित्राउदै आएको छ ।
आफ्नो पदभार ग्रहण गर्दै खनालले भने ‘अहिले धेरै कुरा डिजिटल रुपमा भइरहेको भन्दै सस्तो, भरपर्दो र रियल टाइम सेवाका लागि हामीले डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आम नेपालीलाई सेवा प्रदान गर्नेछौँ । रेमिट्यान्स् समेत डिजिटल रुपमा भित्राइ मुलुकको डिजिटल अर्थतन्त्रलाई टेवा पुर्याउने हाम्रो लक्ष्य हो ।’
कम्पनिमा अनुभबी कार्यकारी अधिकृत सिएसागर खनालको आगमन पछी कम्पनिका सेवा सुबिधाका साथै यस कम्पनीको लोकप्रियतालाई आम उपभोक्ता सम्म पर्याइ आगामी दिनमा अझै उचाइमा पुग्ने कुरा नेपाल रेमिटले विश्वास लिएको छ ।
नेपाल रेमिट इन्टरनेशनल प्रा.लि ले नेपालका सबै बैंक खाताहरुमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइरहेको छ । विभिन्न वालेट कम्पनीहरुसँग साझेदारी गरी विदेशबाट वालेटमा समेत रेमिट्यान्स् भित्राउँदै आएको छ । यस रेमिटले हाल देशभर रहेका १०,००० भन्दा बढि एजेन्ट नेटवर्कबाट सेवा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्