काठमाडौं । एनआइबिएल एस क्यापिटल लिमिटेड र हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेड (क्लार्क रिसोर्ट, बिरगञ्ज) बिच संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आइपिओ सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनआइबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेडकातर्फबाट निर्देशक सुनिल कुमार खेतानले हस्ताक्षर गरेका हुन् ।
उक्त समारोहमा एनआइबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र संस्थागत परामर्श प्रमुख भुवन राज पन्त तथा हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्रा.लि.का (क्लार्क रिसोर्ट, बिरगञ्ज) तर्फबाट नायव महा प्रबन्धक राजेश रञ्जनको पनि उपस्थिती रहेको थियो ।
सम्झौता अन्तगर्त एनआइबिएल एस क्यापिटल लिमिटेडले हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेड (क्लार्क रिसोर्ट, बिरगञ्ज)लाई सर्वसाधारण सेयर निष्काशन पूर्व, निष्काशनको अवधीमा र निष्काशन पश्चात तीन चरणमा सेवा प्रदन गर्नेछ ।
पहिलो चरणमा कम्पनिले गर्नु पर्ने पुर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्त तथा परामर्श सेवा प्रदान गर्नेछ भने सर्वसाधारणमा सेयर निष्काशन गर्ने शिलशिलामा निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरु समेत प्रदान गर्नेछ र सेयर निष्काशन पश्चात, एनआइबिएल एस क्यापिटल लिमिटेडले हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा सेवा प्रदान गर्ने जानकारी गराएको छ ।
एनआइबिएल एसले संस्थागत परामर्श सेवामार्फत् व्यवसायिक योजना बनाउन (बिजनेश प्लान), व्यवसायको सम्भाव्यता अध्ययन गर्ने (Market Assessment & Feasibility), पूँजी संकलन गर्ने (Equity Raising), ऋण संकलनमा वित्तिय संस्था र व्यवसायीबिच मध्यस्थता गर्ने (Debt Raising & Loan Syndications) र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्