×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘एनआईबिएल ग्रोथ फण्ड’ मा ५० प्रतिशत भन्दा बढी इकाईको लगी आवेदन प्राप्त

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘एनआईबिएल ग्रोथ फण्ड’ मा ५० प्रतिशत भन्दा बढी इकाईको लगी आवेदन प्राप्त

Artha Sarokar

१३ पुष २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत संचालन हुने पाचौँ योजना ‘एनआईबिएल ग्रोथ फण्ड’ पौष ७ गते बाट सार्वजनिक निष्काशनमा रहेको छ । योजनाको सार्वजनिक निष्काशन पौष २१ गतेसम्म रहने भएको छ ।

यस अघि निष्काशित अन्य समुहिक लगानी कोष योजनाहरुको तुलनामा यस योजनामा लगानीकर्ताहरु उत्साहपूर्वक सहभागिता बढ्दै गईरहेको छ । सार्वजनिक निष्काशनको चौथो कार्यदिन दिनसम्ममा यस योजनाको कुल १६ करोड इकाई मध्ये ५० प्रतिशत भन्दा बढी इकाईको लागी आवेदन प्राप्त भईसकेको क्यापिटलले जनाएको छ ।

उक्त योजनामा लगानीकर्ताहरूले न्यूनतम १०० र अधिकतम १ करोड ६० लाख इकाईको लागि आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) न्यूनतम १ हजार देखि अधिकतम १६ करोडसम्म लगानी गर्न सक्नेछन् । लगानीकर्ताहरुले आफ्नो सी-आश्वा खाता रहेको बैंक वा मेरो सेयरमा लगईन गरी अनलाईन आवेदन दिन सक्नेछन् ।

योजनाको विवरण पुस्तिका एनआईबिएल एस क्यापिटल लि.कोवेव साईट (www.niblcapital.com) तथा नेपाल धितोपत्र बोर्डको वेव साईट (www.sebon.gov.np) मा समेत राखिएको छ । सो योजनाको समयावधि १० वर्षको रहेको छ र यो हाल सम्मकै सबैभन्दा ठुलो म्युचुअल फण्ड योजनाको सार्वजनिक निष्काशन समेत रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी