×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल धितोपत्र बोर्ड बाट ‘एनआईबिएल ग्रोथ फण्ड’ लाई स्वीकृती प्रदान

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल धितोपत्र बोर्ड बाट ‘एनआईबिएल ग्रोथ फण्ड’ लाई स्वीकृती प्रदान

Artha Sarokar

२१ मंसिर २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मंसिर १८ गते एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने पाचौँ योजना ‘एनआईबिएल ग्रोथ फण्ड’ सञ्चालन गर्ने अनुमति दिएको छ ।

नेपाल इन्भेस्टमेन्ट कोष प्रवर्द्धक तथा एनआईबिएल एस क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहेको यस योजनाको आकार १ अर्ब ६० करोड र समयावधि १० वर्षको रहेको छ । योसँगै अहिलेसम्मकै सबैभन्दा ठूलो म्युचुअल फन्ड योजनाको सार्वजनिक निष्कासन गर्ने म्युचुअल फण्ड योजना हुनेछ । उक्त अवधिभर यस योजनाले वार्षिक प्रतिफलका रुपमा २०।२५ प्रतिशत प्रतिफल आफ्ना इकाइधनीलाई दिनसक्ने प्रक्षेपणसमेत गरेको छ ।

यस योजनाका इकाइहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भई योजनाको समयावधिसम्म दोस्रो बजारमा खरिद तथा बिक्री गर्न सकिने क्यापिटलले जनाएको छ ।एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत यसअघि नै ३ वटा बन्दमुखी योजना तथा एउटा खुलामुखी योजनासमेत सञ्चालनमा रहेका छन् । ‘एनआईबिएल समृद्धि फण्ड-१’ आफ्नो ७ वर्षे समयावधि पुरा भई परिपक्क भइसकेको र उक्त योजनाले वार्षिक १८ प्रतिशत औसत प्रतिफलसमेत वितरण गरिसकेको छ ।

त्यस्तै अन्य दुई बन्दमुखी योजना एनआईबिएल प्रगति फण्ड र एनआईबिएल समृद्धि फण्ड-२ समेत सञ्चालनमा रहेका छन् । यसका साथै नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागिता फण्ड’ पनि यसै म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको छ । यस योजनाले समेत हालसम्म कुल ६५.४५ प्रतिशत लाभांश वितरण गरी वार्षिक २२ प्रतिशत औसत प्रतिफलसमेत कायम राख्न सफल रहेको छ ।

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतका योजनाको इकाइधनीहरुले समुचित प्रतिफल वार्षिक रुपमा प्राप्त गर्दै आइरहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी