×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया क्यापिटलको ‘आजीवन वैदेशिक रोजगार डिम्याट खाता’ संचालनमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनआईसी एशिया क्यापिटलको ‘आजीवन वैदेशिक रोजगार डिम्याट खाता’ संचालनमा

Artha Sarokar

२१ मंसिर २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआईसी एशिया क्यापिटलले वैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गर्दै आजीवन डिम्याट खाता सेवा सुरु गरेको छ ।

कम्पनीहरुले प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित शेयरको दश प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुको लागि छुट्याई बाँडफाँड गर्नु पर्ने व्यवस्थालाई ध्यानमा राख्दै यस्तो योजना सुरु गरेको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार ९९९ रुपैयाँ शुल्क एक पटक तिरेर विदेशमा रोजगारीमा गएकाहरुले आजिवन डिम्याट खाता खोल्न सक्छन् । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा जान लागेका नेपालीहरुलाई न्यून शुल्कमा डिम्याट खाता खोलि नविकरण गर्ने झनझटबाट मुक्त गराउन ‘पे वान टाइम, फर्गट फर लाइफ टाइम’ भन्ने नाराका साथ योजना सुरु गरेको क्यापिटलले जनाएको छ ।

‘एनआईसी एशिया ९९९ वैदेशिक रोजगार डिम्याट खाता’ योजनामा सहभागी हुनेहरु र हाल साधारण खाता सञ्चालन गरेका र वैदेशिक रोजगारी खाता सञ्चालन गर्न चाहनेहरुले एक पटक ९९९ रुपैयाँ भुक्तान गरेपछि लाइफटाइमसम्म फेरी नबीकरण गर्नु नपर्ने विज्ञप्तिमा उल्लेख छ ।

उक्त योजना अन्तर्गत डिम्याट खाता खोल्नको लागि एन आई सी एशिया क्यापिटलको वेबसाइट एनआईसी एशिया क्यापिटल डटकममा जानुपर्नेछ । माग गरिएका विबरण र कागजपत्र उपलब्ध गराएपछि डिम्याट खाता तत्काल खोलिने क्यापिटलले जनाएको छ ।

लाइफ टाइम डिम्याट खाता खोल्न तथा नविकरण गर्न एनआई एशिया बैंकको थापाथली शाखामा रहेको ‘एनआईशी एशिया क्यापिटल लिमिटेड लाइफ टाइम डिम्याट’ नामको ०५४४४५४४५१०२५६४३ मा वा विभिन्न भुक्तानी सेवाप्रदायकबाट ९९९ रुपैयाँ भुक्तान गर्नुपर्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी