×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाँचथर पावर कम्पनीले गतवर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने, कहिले हुन्छ वितरण ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पाँचथर पावर कम्पनीले गतवर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने, कहिले हुन्छ वितरण ?

Artha Sarokar

२३ मंसिर २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पाँचथर पावर कम्पनीले सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई सो लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई करसहित ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

संचालक समितीले प्रस्ताव गरेको सो लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ । कम्पनीले हाल कायम ९६ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश घोषणा गरेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी