×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला विकास बैंकले अपग्रेड गर्यो मोबाईल एप, सबै माध्यमबाट सहजै प्रयोग गर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सांग्रिला विकास बैंकले अपग्रेड गर्यो मोबाईल एप, सबै माध्यमबाट सहजै प्रयोग गर्न सकिने

Artha Sarokar

४ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सांग्रिला विकास बैंकले हालै आफ्नो मोबाईल बैंकिङ एप सांग्रिला स्मार्टलाई अपग्रेड गरेको छ । नयाँ एप्लीकेशन  फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल निर्माण गरेको छ, जुन बैंक एक्स्पी आर्किटेक्चरमा आधारित रहेको छ ।

सांग्रिला स्मार्ट डिजिटल बैंकिङको लागि ओम्निच्यानल दृष्टिकोणमा आधारित छ र यसले ग्राहकलाई उनीहरुको मोबाईल र वेब उपकरणबाट सहजै एप्लिकेशन प्रयोग गर्न समान प्रमाणहरु तथा पासवर्डहरु प्रयोग गर्न अनुमति दिन्छ । नयाँ एप्लिकेशनमा बिल भुक्तानी, चेक बुक अनुरोध, सेल्फ पासवर्ड/पिन रिसेट, माध्यमहरुको अन्तरसञ्चालन जस्ता थुप्रै सुविधाहरु रहेका छन् ।

नयाँ एप्लीकेशनको अपग्रेडबारे सांग्रिला बैंकका प्रमुख अपरेटिङ अफिसर अपूर्व प्रसाद जोशीले भने, ‘सांग्रिला विकास बैंकले डिजिटल बैंकलाई सधै प्रवर्द्धन गर्दै आएको छ । हामी अवको भविष्य डिजिटल भविष्यको बाटो हो भन्ने विश्वास गर्छौँ र हाम्रो एपको नविनतम संस्करणको सुरूवातसँगै प्रयोगकर्ताले एपबाटै स्धिै विभिन्न प्रकारका बैंकिङ सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

उनले थपे ‘नयाँ एपको अनुप्रयोगमा धेरै नयाँ सुविधाहरू छन्, जुन धेरै यन्त्र तथा माध्यमबाट प्रयोग गर्न सकिन्छ । जसले हाम्रा ग्राहकलाई उपलब्ध उत्कृष्ट डिजिटल बैकिङ अनुभव प्राप्त गर्न सजिलो बनाउँछ । सांग्रिला विकास बैंक लिमिटेड केहि नविन र उत्प्ररित उद्यमी सोच भएका व्यक्तिहरुको सपनाको परियोजना हो ।’ सांग्रिला स्मार्ट प्ले स्टोर र एप स्टोरबाट सहजै डाउनलोड गर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी