×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिवम् सिमेन्ट ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२’ अवार्डबाट सम्मानित

GLOBAL IME BANK

शिवम् सिमेन्ट ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२’ अवार्डबाट सम्मानित

२९ मंसिर २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२’ अवार्ड प्राप्त गरेको छ । मंसिर २६ गते सोमबार काठमाडौंमा आयोजित ७औं न्यु बिज बिजनेश कन्क्लेभ एण्ड अवार्ड २०२२ कार्यक्रममा शिवम् सिमेन्टलाई बेस्ट म्यनेज्ड कम्पनी अफ द एयर अवार्ड प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा विभिन्न फरक फरक सातओटा संस्थागत विधामा दिइएको उक्त अवार्डहरु मध्ये शिवम् सिमेन्ट लिमिटेडले सो अवार्ड प्राप्त गर्न सफल भएको हो । यस भन्दा पहिला पनि शिवम् सिमेन्ट एन.एस क्वालिटी अवार्ड-२०१९ बाट सम्मानित भईसकेको छ । ५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला-ठुला परियोजनाहरुमा साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।

कम्पनीको एक सवल पक्ष यहाँको जनशक्ति, आन्तिरिक व्यवस्थापन, पारदर्शिता, ६० हजार भन्दा बढी सेयरहोल्डर एवंम् कुशल व्यवस्थापक तथा व्यवस्थापनका कारण पटक पटक विभिन्न तवरबाट सम्मानित हुदै आईरहेको बताएको छ । नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको कम्पनीले दावी गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: