काठमाडौं । सनराइज बैंक र विश्वज्योति सिनेप्लेक्सबिच सम्झौता भएको छ । बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले विश्वज्योति सिनेप्लेक्ससँग सहकार्य गरी सनराइज बैंकका ग्राहकहरुलाई हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क दिने योजना ल्याएको छ ।
यो योजना पुस १ देखि तीन महिनासम्म संचालन गरिने बैंकले जनाएको छ । यस योजना अन्तर्गत सनराइज बैंकका ग्राहकले विश्वज्योति सिनेप्लेक्समा योजना अवधिभर कुनै पनि चलचित्रको दुईवटा टिकट खरिदमा एउटा टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन् । योजनामा समावेश हुनको लागि ग्राहक महानुभावहरुले टिकट खरिद बापतको रकम सनराइज बैंकका डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
सनराइज बैंकले केहि वर्ष अगाडी पनि QFX Cinemas को २ वटा टिकटको खरिदमा एउटा टिकट सित्तैमा दिने लोकप्रिय योजना ल्याएको थियो । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै विभिन्न छुट तथा अफरहरु दिंदै आएको छ । यस अफरले ग्राहकहरुलाई नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र उक्त भुक्तानीमा पाइने लाभले अझै बढी कारोबार गर्न मदत गर्ने बैंकले जनाएको छ ।
डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ, इन्टरनेट बैंकिङ लगायतका अत्याधुनिक बैंकिङ उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहान गर्ने हेतुले सनराइज बैंकले विभिन्न व्यापारिक प्रतिष्ठानहरु, होटल, अस्पताल लगायतको क्षेत्रसँग समन्वय गरी विभिन्न किसिमका छुट योजना, क्यास ब्याक योजना लगायतका अन्य आकर्षक योजना ल्याउँदै आएको छ । यस किसिमका योजनाहरुले आफ्ना सम्पूर्ण ग्राहकहरुलाई लाभान्वित बनाउने आशा बैंकले लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्