×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पौष १० गतेदेखि १२ गतेसम्म टाटाको ‘मेगा सर्भिस क्याम्प’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पौष १० गतेदेखि १२ गतेसम्म टाटाको ‘मेगा सर्भिस क्याम्प’

Artha Sarokar

१० पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले पौष १० गतेदेखि १२ गतेसम्म आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ ।

यी केन्द्रहरुमध्ये ३ वटा काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन् । त्यसैगरी, बाँकी ९ वटा उपत्यका बाहिरका स्थानहरु पोखरा, इटहरी , मेची, बिरगंज, ढल्केबार, हेटौडा, धनगढी, नेपालगंजमा रहेका छन् ।

क्याम्पमा टाटाका ‘पेसेन्जर’ श्रेणीका गाडीहरुको प्रभावकारी ढंगले आवश्यक जाँच गरिने कम्पनीले जनाएको छ । परीक्षण गराउँदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवम् अन्य सुविधाहरु प्राप्त गर्ने सक्ने कम्पनीले जनाएको छ ।

म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमश: १८, १५ र १८ प्रतिशत छुट लगायत टप वासिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक-अप , ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि नि:शुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । यसको अतिरिक्त यस क्याम्पमा सञ्जीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार रुपैयाँ नगद फिर्ताको व्यवस्था रहेको जनाइएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी