काठमाडौं । नेपाल प्रहरीले बुधबार काठमाडौंको ढुङ्गेअड्डा स्थित न्यू प्रकाश अटो ट्रेडर्समा छापा मारी सो पासलका सञ्चालक शिव रौनियारलाई नियन्त्रणमा लिएको छ ।
निज व्यक्तीले लामो समय देखि भारतबाट अवैध रुपमा नक्कली पार्टस्हरु झिकाई बिक्री वितरण गर्दै आईरहेको जनगुनासो व्यापक रुपमा पाईएको हुँदा सो न्यू प्रकाश अटो ट्रेडर्समा प्रहरीले छापा मारी पसलका सञ्चालकलाई अनुसन्धानका निमित्त नियन्त्रणमा लिएको हो ।
अनुसन्धानको क्रममा निज व्यक्तीले टाटाका नक्कली पार्टस् बिक्री वितरण गरेको पाईएको र आगामी दिनमा त्यस्ता कार्य नगर्ने गरी सहमती पत्रमा हस्ताक्षर गरी एक पटकलाई सचेत गराई छाडिएको प्रहरीले जनाएको छ । रौनियार मात्र नभएर देशै भरी अन्य व्यक्तीहरु पनि यस्ता खालका कारोबारमा संलग्न भएको कुरा निजले बताएका छन् ।
प्रहरीले अन्य संकास्पद स्थानहरुमा पनि खोजी तथा अनुसन्धान गरी आगामी दिनहरुमा यस्ता कार्यलाई नियन्त्रण गरिने जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्