×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकको नक्कली कर्मचारी बनेर सार्वसाधारण ठग्ने क्रम अझै रोकिएन, आफ्नै असावधानीले खाताको रकम लुटियो !

अर्थ सरोकार

प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार

PRIME CA

बैंकको नक्कली कर्मचारी बनेर सार्वसाधारण ठग्ने क्रम अझै रोकिएन, आफ्नै असावधानीले खाताको रकम लुटियो !

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमार्फत ठग्नेहरु बढेका छन् । विभिन्न लोट्री वा चिठ्ठाका नाममा हुनेगरेका स्क्यामको शिकार भएर लाखौँ रुपैँया ठगी भएको घटना कम नभएको अवस्थामा बैंकका नक्कली कर्मचारी बनेर ठग्नेहरु पनि बजारमा सक्रिय बनेका छन् । र दाङका ज्ञानबहादुर चौधरी पनि यस्तै ठगीको शिकार भएका छन् ।

भएको के हो ?

दाङको दंगीशरण गाउँपालिका-५ मिरौली घर भई तुलसीपुरमा व्यवसाय गर्दै आएका ज्ञान बहादुर चौधरीको म्यासेन्जरमा म्यासेज आयो । एनआईसी एशिया बैंकको लोगो भएको पेजबाट म्यासेज आएपछि उनले म्यासेजको रिप्ले गरे । सुरुमा ठगले म्यासेजबाटै उनको मोबाइल नम्बर माग्यो र कल गर्यो । ‘म एनआईसी एशिया बैंकको कर्मचारी हो, नमस्ते भन्यो’, अर्थ सरोकारसँग कुराकानी गर्दै चौधरीले भने, ‘तपाईको एकाउन्ट ब्लक हुँदैछ, अहिले पेन्डिङ्गमा छ अपडेट गर्नुपर्छ भन्यो ।’ बैंककै कर्मचारी हुँ भनेर कुरा गरेपछि सोझा ज्ञानबहादुरले विश्वास गरे ।

त्यसपछि ठगले चौधरीसँग बैंकको खाता नम्बर माग्यो, चौधरीले आफ्नो खाता नम्बर पनि दिए । केही समयमा उसले फेरी तपाईको मोबाइलमा ओटिपी कोड (वन टाईम पासवार्ड) आएको छ दिनुस् भन्यो । ‘ओटिपी कोर्ड मागेपछि केही शंका लाग्यो र मैले कोड दिन अस्वीकार गरेँ’, चौधरीले भने, ‘त्यसपछि पनि उसले म बैंककै कर्मचारी हुँ, केही हुँदैन, तपाईको एकाउन्ट अपडेट मात्रै गर्ने हो भन्यो, म झुक्किएँ ।’

त्यसपछी उनले आफ्नो मोबाइलमा आएको ओटिपी कोड उसलाई दिए । ‘यो होइन, अब आउने नयाँ कोर्ड दिनुस् भन्दै उसले कोड मागिरह्यो, मैले दिँदै गएँ’, उनले भने, ‘बैंककै कर्मचारी हुँ भन्दै बैंककै लोगो भएको पेजबाट म्यासेज गरेकोले मैले पत्याएँ ।’ त्यसको केही समयमा खाताबाट २ लाख २० हजार रुपैयाँ झिकेको म्यासेज उनको मोबाइलमा आयो । त्यसपछि उनले आफु ठगिएको चाल पाए । तर, त्यतिबेलासम्म ढिला भइसकेको थियो ।

त्यसपछी चौधरी हतार हतार एनआईसी एशिया बैंकको तुल्सीपुर शाखामा पुगे । ‘एनआईसी एशिया बैंकबाट पैसा सिटिजन्स बैंकमा ट्रान्सफर भएको रहेछ’, चौधरीले भने, ‘सिटिजन्सबाट पनि पैसा एभरेष्ट, बिओके हुँदै मेगा बैंकमा ट्रान्सफर भएको पाइयो, तर कसले गरेको हो भन्ने पत्ता लागेको छैन ।’ तर, पैसा कसको खातामा गएको भन्ने थाहा भएकाले त्यही अनुसार कानुनी प्रक्रिया अघि बढेको चौधरीले बताएका छन् ।

के भन्छ बैंक ?
यता बैंकको तुल्सीपुर शाखाका ब्रान्च मेनेजर राजिव वलीले ग्राहकको असावधानीका कारण यो घटना घटेको बताएका छन् ।

‘एउटा ह्याकरले म एनआईसी एशिया बैंकको कर्मचारी हुँ भनेर म्यासेन्जरमा च्याट गर्दै ओटिपी कोड मागेछ’, अर्थ सरोकारसँग कुराकानी गर्दै ब्रान्च मेनेजर वलीले भने, ‘उहाँले पनि सहजै रुपमा आफ्नो मोबाइल नम्बर र ओटिपी कोड दिनुभएछ, अनि ह्याकरले सजिलै रकम चोरेको हो ।’

त्यस्तै, ब्रान्च मेनेजर वलीले यो स्क्याममा बैंकको कुनै पनि संलग्नता नभएको दाबी गरेका छन् । ‘ग्राहकले अन्जानमा गल्ती गर्नुभयो, ओटिपी नम्बर त संवेदनशील कोड हो, कसैलाई दिनु नै हुँदैन’, उनले थपे, ‘उहाँले दिनुभएछ, अनि ह्याकरले पैसा सजिलै चोर्यो ।’ वलीका अनुसार यो केसको जानकारी बैंकको हेड अफिससँगै प्रहरीमा पनि भईसकेको छ । हाल सो केसमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

के भन्छ प्रहरी ?
यता जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक राजन कुमार गौतमले बैंक तथा विभिन्न कम्पनीको नक्कली प्रतिनिधि बनेर ठगी भएका केस दिनहुँ आईरहने बताएका छन् । ‘अहिले दिनहुँजसो यस्ता केस आउँछन्’, अर्थ सरोकारसँग कुराकानी गर्दै डिएसपी गौतमले भने, ‘अनलाइनमा यस्ता ह्याकर सक्रिय छन् । अनलाइनमा शिरियल्ली जो सोझो देखिन्छन् वा जसलाई सजिलै ट्रयापमा पार्न सकिन्छ भन्ने लाग्छ उनीहरु यस्ता ठगीको शिकार हुन्छन् ।’

‘तपाईलाई ४०-५० लाखको चिठ्ठा पर्यो भनेर खाता नम्बर दिनुस्, खातामा पैसा हाल्दिन्छु भन्छन्, त्यसपछी ओटिपी माग्छन्’, उनले भने, ‘सोझासाझा सर्वसाधाण ४० लाख पाउने भन्दै सजिलै यस्ता स्क्याममा फस्छन् ।’

यसरी नक्कली कर्मचारी सक्रिय छन्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: