काठमाडौं । भिभोले नेपालमा आफ्नो ५ वर्ष पूरा गरेको छ । विगत पाँच वर्षदखि बजारमा आफ्नो बलियो उपस्थितिको फलस्वरूप, भिभो नेपालको लोकप्रिय स्मार्टफोन ब्रान्डहरूमध्ये एक बन्न सफल भएको कम्पनीले जनाएको छ । पाचौं वार्षिकोत्सवको उपलक्ष्यमा, भिभोले आफ्ना उपभोक्ताहरूलाई आभार प्रकट गर्न आकर्षक उपहारहरु र विशेष मूल्य कटौतीसहित आफ्नो वार्षिक सेल्स कार्निभल शुक्रबारबाट शुरु गरेको छ ।
भिभो सेल्स कार्निभल अन्तर्गत ग्राहकहरूले भिभो स्मार्टफोन खरिद गरेर बम्पर लक्की ड्र मा दुई जनाले ४३ इन्चको भिडियोकन स्मार्ट टिभी, हरेक हप्ता एक जनाले भिभो वाई१५सी, हरेक हप्ता दुई जनाले जेबेल्जको स्मार्टवाच, हरेक दिन दुई जनाले नोइज इयरबड र रु ३०,००० भन्दा माथिको कुनै पनि फोन खरिदमा थप ६ महिनाको वारेन्टी सहित आकर्षक पुरस्कारहरू जित्ने मौका पाउनेछन् ।
यसका लागि लक्की ड्र मा सहभागी हुन् ग्राहकहरुले www.vivodashain.com वा भिभोको सामाजिक सञ्जालमा भएको क्यूआर कोर्ड स्क्यान गरेर आवश्यक विवरण पेश गेरेपछि तत्कालै आफूलाई परेको पुरस्कार थाहा पाउन सकिने कम्पनीले जनाएको छ ।
पुरस्कार जित्नका साथै, ग्राहकहरूले कार्निभल अवधिभरि केही उत्कृष्ट स्मार्टफोनहरू अझ सुपथ मूल्यमा किन्न सक्छन् जसअन्तर्गत सेल्स कार्निभल अवधिका लागि वाई२१ (४+६४जीवी) को मूल्यमा रु.१००० ले घटाइएको छ । त्यस्तै वाई१५एस र वाई१५सी को मूल्य रु. १५०० ले घटाइएको छ । यससंगै कार्निभल अवधिका लागि वाई२१, वाई१५एस र वाई१५सी को नयाँ मूल्य क्रमशः रु २१,९९९, रु १८४९९ र रु.१६,४९९ रहेको छ ।
भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकले भने, ‘नेपालमा हाम्रो पाँचौं वार्षिकोत्सव मनाउन पाउँदा हामीलाई धेरै खुशी लागेको छ । यो एक अद्भुत अनुभव हो, र हामी हाम्रा प्रिय उपभोक्ताहरूको माया र समर्थनको लागि सदैव आभारी छौं र उनीहरुका लागि सेल्स कार्निभलमार्फत आकर्षक अफर र उपहारहरु प्रदान गर्न चाहन्छौं । हामीले भिभोको यात्रामा हाम्रा ग्राहकवर्ग, साझेदारहरू, वितरकहरू र खुद्रा विक्रेताहरूबाट धेरै माया र समर्थन पाएका छौं । र, हामी नेपालमा अझ उत्कृष्ट सेवाहरू प्रदान गर्न जारी राख्नेछौं ।’
यो योजना मंसिर १५ गतेदखि पुष १६ गतेसम्म लागू हुनेछ जहाँ उपभोक्ताहरूले सहभागी भएर आकर्षक अफरहरूको लाभ लिन सक्नेछन् । यस अभियानको बारेमा थप जान्नको लागि, भिभोको सामाजिक सञ्जालका पृष्ठहरू र वेबसाइटहरूमा सम्पर्क राख्नु सकिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्