×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विन नेपाल लघुवित्तको एफपीओको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

विन नेपाल लघुवित्तको एफपीओको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त

Artha Sarokar

२० मंसिर २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयरको थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ ।

संस्थाले १०० रुपैयाँ अंकित दरले कुल ५१ हजार २९३ कित्ता एफपीओ निष्कासन गर्ने भएको हो । साधारण सेयर प्रचलित कानुनबमोजिम अकिंत मूल्यमा प्रिमियम थप गरी थप सार्वजनिक निष्काशन तथा विक्रीका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

नेपाल एसबिआई मर्चेन्टको काठमाण्डौको हात्तीसारस्थित कार्यालयमा आयोजित एक समारोहबीच बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेन्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र विन नेपाल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत वसन्तबहादुर शाक्यले हस्ताक्षर गरेका छन्  ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी