Skip to content
LAXMI SUNRISE BANK

वर्ल्डलिंक सीएसआर अन्तर्गत महिला हिंसाविरुद्ध ‘पोडकास्ट’ अभियान संचालन

अर्थ सरोकार

काठमाडौ । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्नो सामाजिक उत्तरायित्व (सीएसआर) अन्तर्गत महिला हिंसाविरुद्धको सचेतना जगाउन ‘पोडकास्ट’ अभियान चलाएको छ । ‘अरेञ्ज द वल्र्ड’ नामक सो अभियान अन्तर्गत पुर्व मिस नेपाल सुगारिका केसीले विभिन्न क्षेत्रमा नाम कमाएका दस (१०) महिलालाई समेटेर ती महिलाको संघर्ष र हिंसाविरुद्धको अभियानमा उनीहरुको भूमिकाबारे ६ वटा पोडकास्ट निर्माण गरेकी थिइन् ।

पोडकास्ट अन्तर्गत अन्तर्राष्ट्रिय शारीरिक सुगठन महासंघमा आवद्ध भएर नेपालको इज्जत राख्न सफल पहिलो महिला बिनिता राई, एकल खुट्टाले नाँचेर चर्चित भएकी रोमा न्यौपाने, पहिलो महिला नायब महानिरीक्षक मीरा चौधरी र मानव अधिकार अधिवक्ता प्रपुसा केसीसँग महिला हिंसा र उनीहरुको अनुभवबारे कुराकानी गरिएको थियो ।

यसैगरी पोडकास्टमा नेपालकै पहिलो कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान, अधिकारको क्षेत्रमा क्रियाशील शैली चौधरी, कैदी सहायता नेपालकी इन्दिरा रानामगर, नेपाल महिला राष्ट्रिय फूटबल टिमकी कान्छी खेलाडी प्रीति कुलुङ राई, गल्र्स इन टेककी आस्था शर्मा, भौतिकशास्त्रमा पहिलो महिला प्राध्यापक प्राडा। नीलम श्रेष्ठ र वर्ल्डलिंकको सामाजिक उत्तरदायित्व (सीएसआर) की प्रमुख अनुपा जालानसँग कुराकानी गरिएको थियो ।

महिलाहिंसाविरुद्धको अभियान अन्तर्गत पोडकास्टको समापन कार्यक्रममा बोल्दै बाग्मती प्रदेशकी पुर्व मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यले वर्ल्डलिंकले महिलाविरुद्धको हिंसाबारे सचेतना जगाउन अभियान गरेको सुन्दा अचम्म परेको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीको यो अभियानले लैंगिक हिंसा न्यूनीकरण गर्न ठूलो सहयोग पुग्ने बताएकी थिइन् । ‘वर्ल्डलिंककै कारण अहिले केटा र केटीले रोजी रोजी विवाह गर्न पाएका छन्, विश्वका खबर तुरुन्तै जनताले पाएका छन् ।’ उनले भनिन् ।

वर्ल्डलिंक कम्पनीका निर्देशक बोर्डका लक्ष्मण यादवले सूचना प्रवाहले नागरिकको जीवनमा ठूलो परिवर्तन ल्याउने बताउँदै वल्र्डलिंक त्यही अभियानमा लागेको बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले सबै क्षेत्रमा इन्टरनेट सेवा पुर्याएपछि हिंसाबारे बोल्नलाई सजिलो भएको बताउँदै समाजमा रहेको असमानताबारे सबैले बोल्नुपर्ने बताए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK