×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वर्ल्डलिंकले पायो नोकियाको ‘होम कनेक्टिभिटी सर्भिस इनोभेसन’ अवार्ड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

वर्ल्डलिंकले पायो नोकियाको ‘होम कनेक्टिभिटी सर्भिस इनोभेसन’ अवार्ड

Artha Sarokar

१० पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नोकिया जीटीएफएफ फिक्स्ड नेटवर्क्स कस्टमर अवार्ड २०२२ बाट सम्मानित भएको छ । सेवामा नवप्रवर्तन ल्याउन सफल भएको भन्दै कम्पनीले यस्तो अवार्ड दिएको हो । नोकियाका अनुसार वर्ल्डलिंकले होम कनेक्टिभिटी सर्भिस इनोभेसनका लागि वर्ल्डलिंकलाई विजेताको रूपमा चयन गरिएको हो ।

‘हिमाल, बरफ तथा हिउँ, खोला एवम् वन्यजन्तु जस्ता प्रतिकूल परिस्थितिमा समेत ग्राहकलाई जोडेको नोकिया वायरलेस क्लाउड कन्ट्रोलरमा अग्रणी भूमिका निर्वाह गरेकोले सर्भिस इनोभेसनः इन-होम कनेक्टिभिटी विधा अन्तर्गतको अवार्ड वर्ल्डलिंकलाई प्रदान गरिएको छ’ नोकियाको नेटवर्क पूर्वाधार, एफएन सीटीओ तथा एमसीए विभागका सोलुसन सपोर्ट लिड स्यारी एन्नीले भनेकी छिन् ।

नोकियाले यही डिसेम्बर ७/८ सम्म सिंगापुरमा आयोजना गरेको गेट टु फास्ट फास्टर २०२२ कार्यक्रम माझ वर्ल्डलिंकलाई यो अवार्ड प्रदान गरिएको थियो । हाल कम्पनीको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या सात लाख भन्दा बढी तथा प्रयोगकर्ताको सङ्ख्या ३० लाख भन्दा धेरै छ । हाल नेपालमा एक जना ग्राहकले जोडेको इन्टरनेट औसत ४ : ३२ जनाले प्रयोग गर्दै आएका छन् ।

देशका सातै प्रदेशका ७४ जिल्लामा वर्ल्डलिंकको इन्टरनेट सेवा पुगिसकेको छ । कम्पनीले देशका विभिन्न १४ हजार भन्दा बढी स्थानमा फ्री वाईफाई सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी