×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

‘हिन्डेनबर्ग’को ३२ हजार शब्दले अडानी ग्रुपको सेयर ह्वात्तै घटायो

BIZBAZAR

काठमाडौं । अमेरिकी सर्ट सेलर ‘हिन्डेनबर्ग रिसर्च’ले सार्वजनिक गरेको ३२ हजार शब्दको रिपोर्टका कारण भारतीय लगानीकर्ताहरुले खर्बौं रुपैयाँ गुमाएका छन् ।

अडानी समूहका कम्पनीहरुललाई उदृत गर्दै हिन्डेनबर्गले तयार पारेको सो रिपोर्टकै कारण सोमबार भारतको समग्र सेयर बजारमा केही सुधार देखिए पनि भारतीय लगानीकर्ताहरुले तीन दिनको कारोबार सेसनमा १ सय १६ खर्ब भारतीय रुपैयाँ गुमाएका छन् ।

हिन्डेनबर्ग रिसर्चले सार्वजनिक गरेको १०० पृष्ठको सो रिपोर्टमा उनले अडानीलाई कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो ‘ठग’ भएको आरोप लगाएका छन् । उनले सो रिपोर्ट सार्वजनिक गरेलगत्तै अडानी समूहको सेयरहरुमा अस्वभाविक गिरावट आएको थियो ।

अडानी समूहका सेयरहरुमा देखिएको सेलिङ प्रेसरको असर समग्र बजारमै देखिएको थियो । ३ वटा कारोबार सेसनमै ‘बीएसई सेन्सेक्स’ १४०० अंक भन्दा बढीले घटेको छ । यसअवधिमा सेन्सेक्समा सूचीकृत सबै स्टकहरुको बजार पुँजीकरणमा ११६ खर्ब भारु भन्दा बढीले घटेर २६८.६ लाख करोड रुपैयाँमा आएको छ । यसबीचमा, भारतको अर्को बजार सूचक ‘निफ्टी ५०’ ले ३ महिनाको न्यून विन्दु छुँदै १७,५०० अंक भन्दा तलसम्म आएको थियो । हिन्डेनबर्गको रिपोर्टपछि बजारमा सूचीकृत बैंकिङ क्षेत्रको सेयरमा सबैभन्दा ठूलो नोक्सानी भएको छ ।

हिन्डेनबर्गले अडानी समूहका धेरै कम्पनीहरुले ऋण तिर्न प्रयोग गर्न सकिने निःशुल्क नगद प्रवाह उत्पन्न गर्न नसक्ने कुरालाई रिपोर्टमा हाइलाइट गरेपछि लगानीकर्ताहरुले बैंकहरुको स्टक डम्प गरेका छन् । जसका कारण बैंकिङ क्षेत्रमा सबैभन्दा ठूलो गिरावट आएको हो ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal