Skip to content
LAXMI SUNRISE BANK

‘उपत्यकामा वायु प्रदुषण अचाक्ली बढ्यो, काम नपरी घरबाट बाहिर ननिस्कनुस, निस्कनै परे मास्क लगाउनुस’- चिकित्सक

अर्थ सरोकार

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदुषण अस्वभाविक रुपमा बढेको छ । अन्य क्षेत्रको तुलनामा उपत्यकामा वायु प्रदुषण अस्वभाविक बढेसँगै चिकित्सकहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

शुक्रबार बिहान भक्तपुरमा हावाको गुणस्तर सूचक मापक एयर क्वालिटी इन्डेक्स (एक्युआई) १ सय ६३, ललितपुरमा १ सय ५९ पुगेको छ भने काठमाडौंमा १ सय ६३ पुगेको छ । ‘विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पनि एक्युआई ३५ भन्दा कम हुनुपर्छ’, एक चिकित्सकले भने, ‘अहिले उपत्यकाको एक्युआई मापदण्डभन्दा अस्वभाविक बढेको छ, जुन मानव स्वास्थ्यका लागि हानिकारक छ ।’

‘वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा अनेकौं जटिलता आउन सक्छ । अहिलेको समय आफै सतर्क रहने हो’, ती चिकित्सकले भने, ‘सकेसम्म अत्यावश्यक काम नपरी बाहिर ननिस्कुनुस्, निस्कनै पर्यो भने मास्कको प्रयोग गर्नुस् तर धेरैबेर बाहिर नबस्नुस् ।’

विश्व स्वास्थ्य संगठनका अनुसार एक्युआई तीन सय भन्दा माथि पुगेमा वायु प्रदुषण डरलाग्दो र घातक हुन्छ । लामो समयदेखि पानी नपर्नुले पनि प्रदुषण झनै बढेको मौषमविद्हरु बताउँछन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK