×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Artha Sarokar

२२ पुष २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला मकवानपुर साबिक हर्नामाडी गाउँ विकास समिति वडा नं. ५ परिवर्तित हेटौडा उप महानगरपालिका वडा नं. १८ स्थाई घर भई हाल काठमाडौंको कोटेश्वरमा बस्ने ५६ वर्षीय सरोज कार्की पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनबाट मिति २०७९/६/३१ गतेको फैसला अनुसार २ दिन कैद, ५ लाख ५० हजार रुपैयाँ जरिवाना र २२ हजार क्षेतिपुर्ति भराउने फैसला भएसँगै कार्की फरार रहेका थिए । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले पुस २० गते ललितपुरको चापागाउँ दोबाटोबाट पक्राउ गरेको हो ।

पक्राउ परेका कार्कीलाई थप अनुसन्धान तथा कार्वाहीका लागी जिल्ला अदालत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी