×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कुसुर मुद्दाका फरार प्रतिवादी पक्राउ, ७ दिन कैद र ८ लाख २४ हजार जरिवाना

LAXMI SUNRISE BANK
GLOBAL

बैंकिङ कुसुर मुद्दाका फरार प्रतिवादी पक्राउ, ७ दिन कैद र ८ लाख २४ हजार जरिवाना

८ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंकिङ कुसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । धादिङ जिल्ला गंगाजमुना गाउँपालिका वडा नं ६ स्थाई घर भई हाल काठमाडौं महानगरपालिका वडा नं ३ बाँसबारी बस्ने २९ वर्षीय लोकमान गुरुङ पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनबाट मिति २०७९/१/६ गते भएको फैसला अनुसार ८ लाख २४ हजार बिगो तथा जरिवाना, ७ दिन कैद र ३२ हजार ९ सय ६० रुपैयाँ क्षेतिपूर्ति भराउने फैसला भएसंगै गुरुङ फरार रहेका थिए । उनलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले मिति २०७९/१०/६ गते काठमाडौंको थापागाउँबाट पक्राउ गरेको हो ।

पक्राउ परेका गुरुङलाई फैसला कार्यान्वयनका लागि माघ ६ गते काठमाडौँ जिल्ला अदालत पाठाइएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी