काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयसहित थप २ मन्त्रालय पाउने भएको छ । सोमबार बसेको सत्तारुढ दलहरुको बैठकले रास्वपालाई तीन मन्त्रालय दिने टुँगो लगाएको हो ।
मन्त्रालय टुँगो लागेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष रवि लामिछानेलाई दिइएको छ ।
रास्वपाको सोमबार बसेको संसदीय दलको बैठकले विज्ञताका आधारमा मन्त्री छनोट गर्न पार्टी अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई जिम्मा दिने निर्णय भएको पार्टी केन्द्रीय सदस्य तथा सांसद सन्तोष परियारले जानकारी दिए ।
सांसद परियारका अनुसार सत्ता साझेदार दलहरूसँग छलफल गर्ने जिम्मा अध्यक्ष लामिछानेलाई दिएको कारण पनि मन्त्री छान्ने अधिकार पनि उनलाई नै दिइएको हो ।
त्यस्तै, नेकपा एमालेले अर्थसहित परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पाउने भएको छ भने माओवादीले भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन पाउने भएको छ ।
योसँगै राप्रपाले उर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय पाउने भएको छ । त्यस्तै, जनमत पार्टीले भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्