×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के आमाको रगत चुस्दैछ राप्रपा ? भ्रष्टाचार आरोपित ठेकेदारलाई मन्त्री बनाउन लाज लागेन ? (भिडियोसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार

PRIME CA
laxmi sunrise bank

के आमाको रगत चुस्दैछ राप्रपा ? भ्रष्टाचार आरोपित ठेकेदारलाई मन्त्री बनाउन लाज लागेन ? (भिडियोसहित)

काठमाडौं । केहि समय अगाडी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंग्देनले भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह भएकाे बताएका थिए । ‘हामी भ्रष्टाचार गर्नुलाई आमाको रगत खानुसरह मानेर काम गर्छौँ। हामी देशलाई नयाँ दिशा दिने योजनाका साथ आएका छौँ।’ उनले बोलेको यहि शब्दले उनलाई चुनावमा धेरैले पत्याए । संसदमा सपथ लिंदा पनि राप्रपाले भ्रष्टाचारविरुद्धको हिमायती आफैं हो जसरी प्रस्तुत भयो । तर यीनै नेता जव सत्तामा पुगे, के गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजसरी भ्रष्टाचारको पर्याय बनेका व्यक्तिलाई उनले मन्त्री बनाईदिए ।

भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो भनेको व्यक्तिको पार्टीले यस्ता व्यक्तिलाई मन्त्री बनाइदियो, जोविरुद्ध भ्रष्टाचारका अनेक बात छन् । जसले बनाएका सडकहरु नबन्दै बिग्रिएका छन्, भत्किएका छन्, उसैलाई शहरी बिकासको जिम्मा लगाइएको छ । लिंग्देनकै भाषा सापटी लिएर भन्दा आफ्नै आमाको रगत खान च्याम्पियनहरुलाई मन्त्री बनाइएको छ यतिबेला । अनि ठेकेदारलाई शहरी बिकास मन्त्री बनाईदा पनि कठै हामी जनताले उनले थप भ्रष्टाचार गर्दैनन् भनेर पत्याईदिनुपरेको छ । यो भन्दा लाजाको पसारो अरु केहि हुन्छ ?
तथ्यांक नै हेर्ने हो भने ५७ अर्बका ठेक्कामा तीनै व्यक्तिको कम्पनी छ, जो अहिले मन्त्री छन् । अव तपाईं आफैं सोच्नुस, यीनले जनताका पक्षमा काम गर्लान कि भ्रष्टाचारलाई संस्थागत गर्लान् ? १३ अर्बको सिक्टा सिँचाइ आयोजनादेखि १ अर्ब ९० करोडको गोकर्णदेखि भत्केको पुलसम्मको सडक र १ अर्ब ५ करोडको नख्खु खोला करिडोरसहित राजधानीकै सडक उनले गरेका खराब कामहरुका केहि उदाहरण हुन् । ठेकेदारीको न्युनतम इमान, इज्जत र जनताका दुखको समेत ख्याल नगरी पैसा, पैसा र पैसामा लिप्त भएका तीनै मन्त्री ठेकेदार हुँदा यीनले यहि अर्थमा काम गर्छन् भनेर कसरी बुझ्ने ? बुझ्ने त परकै कुरा भो, सोच्न पनि सकिन्न यस्ता मन्त्रीबाट बिकास । तर के गर्नु, सायद पार्टीलाई यीनैले बढी सहयोग गरेका थिए, अनि मन्त्री बन्ने पालो पनि यीनैको आयो । आखिर जनतालाई पंगु बनाएर कमाउ धन्दाको नीतिगत रुप न रहेछ राजनीति, होइन र ?
शहरी बिकास मन्त्रीको कम्पनीले गरिरहेकाकामहरुको फेहरिस्त
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको २७ अर्ब ८७ करोड ६१ लाख २३ हजार रुपैयाँको ठेक्का उनै पाण्डेको कम्पनी कालिकाले लिएको छ । ऊर्जा मन्त्रालयअन्तर्गत तनहुँ जलविद्युत् आयोजनामा २१ अर्ब ६६ करोड र सर्वोच्च अदालतको भवन निर्माणमा ५ अर्ब ८७ करोडको ठेक्कामा पनि सोहि कम्पनीको हात छ । अरु त अरु, पाण्डे आफैं मन्त्री बनेको सहरी विकास मन्त्रालयका मात्रै करिब तीन अर्ब रुपैयाँभन्दा बढीका ठेक्कामा कालिका कन्स्ट्रक्सनको संलग्नता छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयपछि उनकै मन्त्रालय सबैभन्दा बढी ठेक्का दिने कम्पनी पर्छ । अव ठेक्का दिने पनि आफैं, लिने पनि आफैं, क्या गज्जबसँग आमाको रगत चुस्ने काम भईरहेको छ ।
मन्त्रालयअन्तर्गत वाग्मती सुधार आयोजनाअन्तरगत वाग्मती सौन्दर्यीकरणको ठेक्का, गोकर्ण ब्यारेजदेखि सिनामंगल भत्केको पुलसम्म सौन्दर्यीकरण गर्ने ठेक्का, सहरी विकास मन्त्रालयकै नख्खु खोला करिडोरको ठेक्का लगायतका अरवौं ठेक्का मन्त्री पाण्डेकै कम्पनीले गरिरहेको छ । र राजेन्द्र लिंग्देनको भाषामा भन्दा पाण्डेको कम्पनीले दिनरात नेपाल आमाको रगत चुस्ने काम गरिरहेको छ ।
सबैलाई थाहा छ, ठेकेदारी पेशामा त्यसमाथि पनि ठुला आयोजनामा घुस नखुवाई काम हुँदैन । राजेन्द्र लिंग्देनको भाषामा भन्दा मन्त्री पाण्डेले हात हालेका ठुला ठुला ठेक्कामा आमाको रगत नचुसी काम हुँदैन । अनि इमान, इज्जत, धर्म संस्कृति सबै खोलामा बग्नेगरी एउटा विवादित ठेकेदारलाई राप्रपाले मन्त्री बनाईदिएको छ । यसले उसको राजनीतिक बेइमानी त छताछुल्ल भएको छ नै, अर्को पटक पनि चुनाव आउँछ भन्ने तथ्य पनि उनीहरुले बिर्सेझैं लाग्छ । हुन त ठेकेदार आफैं मन्त्री, भुक्तानी दिने मन्त्रालय पनि आफ्नै, काम गर्ने कम्पनी पनि आफ्नै, अनि त घुस त जति खाए पनि भो, जति खुवाए पनि भो ।
धेरैको जिज्ञासा हुन सक्छ, पाण्डे कस्ता ठेकेदार थिए वा हुन् ? दर्शकको जानकारीका लागि मन्त्री बिक्रम पाण्डे नामुद ठेकेदार हुन्, जसले अरवौं होइन, खर्वौँको कारोबार गर्छन् । यस्ता छन् पाण्डेका कम्पनीले गरिरहेका आयोजना :
१. तनहुँ जलविद्युत् आयोजना, (१४० मेगावाट) को प्याकेज-१/सोङ दा कर्पोरेसन-कालिका जेभी, रकम २१ अर्ब ६६ करोड
२. सर्वोच्च अदालत भवन निर्माण, बिनापुरी-कालिका-समानान्तर जेभी/रकम ५ अर्ब ८७ करोड
३. गोकर्ण ब्यारेजदेखि सिनामंगल भत्केको पुलसम्म करिडोर निर्माण, कालिका-रेनकिन-लामा जेभी/रकम १ अर्ब ९० करोड
४. नख्खु खोला करिडोर निर्माण, कालिका-टुन्दी-कुमार जेभी/रकम १ अर्ब ५ करोड
५. चारआली-केचना सडक स्तरोन्नति, कालिका-कन्काई-याक्थुङहाङ जेभी/रकम ४१ करोड ६५ लाख
६. रतुवा-केशल्या सडक स्तरोन्नति, कालिका-मैनाचुली-वेदान्सी जेभी/रकम ८९ करोड ५६ लाख
७. गल्छी-बेत्रावती-मैलुङ-स्याफ्रुबेंसी सडक खण्डमा पुल निर्माण, कालिका-टुन्दी-हिमदुङ एन्ड थोकर जेभी/रकम ५७ करोड ९५ लाख
८. तामाकोसी पुल, मुगिटार रामेछाप, कालिका-कल्पवृक्ष जेभी/रकम २८ करोड ८३ लाख
९. वाग्मती मधोपुर-बैरिया पुल, रौतहट, कालिका रसुवा जेभी/रकम १ अर्ब ३१ लाख
१०. वीरगन्ज-ठोरी सडक, कालिका-बानियाँ जेभी/रकम १ अर्ब ६ करोड ७८ लाख
११. जनकपुर-ढल्केबर सिँचाइ आयोजना, कालिका-रसुवा-लुम्बिनी जेभी/रकम ६९ करोड ५० लाख
१२. चन्द्रौटा-कृष्णनगर सडक स्तरोन्नति, दिनेशचन्द्र-कालिका जेभी/रकम ९१ करोड
१३. भोटेचौर-धुलियाबिट सडक स्तरोन्नति, कालिका-केएस-वेदान्सी जेभी/रकम १ अर्ब ३ करोड
१३. बेलबारी-फँडानी-सग्माडाँडा सडक, कालिका-वेदान्सी जेभी/रकम ११ करोड ३२ लाख
१४. आमतोला सप्तरी हुँदै रंगेली झापा जोड्ने सडक, कालिका-वेदान्सी जेभी/रकम १३ करोड ९१ लाख
१४. गछिया-लोचनी-शेषनारायण दिव्यधाम सडक, कालिका-वेदान्सी जेभी/रकम १३ करोड ९२ लाख
१५. बयरवन-कौशलचोक-हसनदह-बक्राहा खोला सडक, कालिका-वेदान्सी जेभी/रकम १२ करोड २ लाख
१६. सिद्धपुर-डकानी हुँदै झुम्का बजार जोड्ने सडक, कालिका-वेदान्सी जेभी/रकम १४ करोड ८ लाख
१७. कटहरी-मोतीपुर-कसेनी बेलबारी सडक, कालिका-वेदान्सी जेभी/रकम १३ करोड ९६ लाख
१८. तुलसीपुर-पुरनधारा-बोटेचौर सडक, कालिका-प्यासिफिक जेभी/रकम ४४ करोड ५१ लाख
१९. कर्णाली-अत्तरिया सडक मर्मत, कालिका-जोशी जेभी/रकम १७ करोड ९६ लाख
२०. मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुली बजार-हेटौंडा सडक, दिनेशचन्द्र-कालिका/रकम ७ अर्ब १० करोड २४ लाख
२१. लम्की-खर्कौला सडक स्तरोन्नति, कालिका-कुमार जेभी/रकम ४० करोड १९ लाख
२२. राघुघाट पुल, बेनी जोमसोम कोरला सडक, कालिका-गजुरमुखी जेभी/रकम ६ करोड २५ लाख
२३. मध्यपहाडी राजमार्गको वसन्तपुर-मैलुङ सडक स्तरोन्नति, कालिका-भीमेश्वर जेभी/रकम ६० करोड ४६ लाख
२४. बाहुनेपाटी-दोलालघाट-चौंरीखोला सडक सुधार, कालिका-प्यासिफिक जेभी/रकम ४३ करोड ३८ लाख
२५. मदन भण्डारी राजमार्गअन्तर्गत इलाम खण्डमा पुल निर्माण, कालिका-शर्मा-रसुवा जेभी/रकम ५० करोड २७ लाख
ढुक्क भए हुन्छ, साना ठेक्कामा सानो घुस, ठुलो ठेक्कामा ठुलो घुस, तर घुस नखुवाई यो ठेकेदारी हुन गार्हो छ । र मन्त्री पाण्डे त अझ मन्त्री बनेका छन्। त्यो पनि सबैभन्दा बढी ठेकेदारलाई पोस्ने मन्त्रालयमध्ये दोश्रो नम्बरको मन्त्रालय । यहाँ मन्त्रीले गर्ने भनेकै ठेकेदारी हो, भ्रष्टाचार हो, भन्ने तथ्य जनताले मज्जाले बुझेका छन् । किनकि इतिहास साक्षी छ, पाण्डे निकै विवादित छविका व्यक्ति हुन्, विवादित ठेकेदार हुन्, विवादका पर्याय हुन् ।
यसअघि भुमिसुधार तथा व्यवस्थापन मन्त्री तथा ठेकेदार बिक्रम पाण्डेले निर्माण सामग्रीमा घोटाला गरेर गुणस्तरहीन सामाग्री प्रयोग गरेको भन्दै केस अघि बढेको थियो । उनले वीरगञ्ज उपमहानगरपालिकाभित्र ढल निकास सुधार आयोजनामा कम गुणस्तरको सामान प्रयोग गरेको भन्दै यसको छानविन गर्न राष्ट्रिय सतर्कता केन्द्रले उनीविरुद्ध छानविन गर्न समिति नै गठन गरेको थियो । कालिका कन्ट्रक्सन प्रा.लि उनै मन्त्री पाण्डेको कम्पनी हो, जो देशैभरिकका ठेक्का यसैगरी ज्वाइन्ट भेञ्चरमा पार्छन्, अर्को कम्पनीलाई काम लगाएर आफु कमिसन खान्छन् । मन्त्री पाण्डेकै भाषा बोल्ने हो भने देशभरका ठेक्कामा मन्त्री पाण्डे नेपाल आमाको रगत चुसिरहेका हुन्छन् ।
मन्त्री पाण्डे ठेक्का लिंदा मात्र घोटाला गर्दैनथेम गुणस्तरमा पनि घोटाला गर्थे । उनीविरुद्ध ढल निर्माणका लागि तोकिएको गुणस्तर कायम नगरेर गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरेको केस परेको थियो र प्रधानमन्त्री कार्यालयले उनीविरुद्ध छानविन थालेको थियो । डिजाइन नै परिवर्तन गरेर काम गरेर भ्रष्टाचार गर्ने, भनेको बेला काम नसक्ने, सके पनि कमसल सक्ने विशेषता भएका पाण्डे अहिले मन्त्री छन् । अव यीनी दुधले नुहाएर बस्छन् भन्ने कसैले सोच्दो हो त ? के गर्ने यस्तै मन्त्री बने हाम्रो देशमा । यस्तालाई मन्त्री बनाउँ भन्दा आशा गरिएका रवि लामिछानेहरुले पनि हुन्छ भनेर टाउको हल्लाए । अनि हामी बिचरा जनता, अझै पनि नयाँले गर्छन् भनेर थुक निलेर बसेका छौं, कठै हामी जनता ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: