Skip to content
LAXMI SUNRISE BANK

बिजबजारद्वारा ७४ प्रतिशत छुट सहित ‘२० मा बिज’ अफर सार्वजनिक

अर्थ सरोकार

काठमाडौं । ई-कमर्स प्लेटफर्म बिजबजारले पौष महिना ‘२० मा बिज’ नामक अफर सार्वजनिक गरेको छ । रोमाञ्चक र आकर्षक योजनाहरू एवम् विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने ‘२० मा बिज’ नामक क्याम्पियन अन्तर्गतको पौष महिनाको क्याम्पियन कम्पनीले लाइभ गरी सकेको छ भने क्याम्पियनका केही योजनाहरू पैष २२ गते सम्म उपलब्ध हुने जनाएको छ ।

पौष २० गतेका दिन बिजबजारले आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले डिस्काउन्ट कुपन तथा मोबाइल टप अप जित्न सक्नेछन् । सो योजना अन्तर्गत सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस क्याम्पियनमा निम्न अनुसार छुट प्राप्त गर्ने छन् ।

Home Appliances    – Winter-Ready Home – 65%

Mahaboudha – Exclusively Mahaboudha – 70%

Gadgets – Mobile, Laptop – Tech मास्टर – 40%

Home Decoration – Gharko Look – 60%

Fashion – Keep it warm – 70%

Health and beauty GorgeoUS  – 70%

Miscellaneous  – Miscellaneous  – 74%

२० मा बिजका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ । साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पियन प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।

सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै ‘बिजबजार अनलाईन शपिङ एप’ डाउनलोड गर्न सक्नेछन् भने ल्याप-टप वा डेस्क-टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK