काठमाडौं । अहिले देशका विभिन्न ठाउँहरुमा केवलकार संचालनमा छन् भने कतिपय ठाउँमा संचालनको तयारीमा छन् । काठमाडौँको चन्द्रागिरि, दोलखाको पलाञ्चोक भगवती, गोर्खाको मनकामना लगायतका ठाउँमा केवलकार निर्माण भए पनि मनकामनाको केवलकार नेपालमा केवलकारको पर्याय बनेको छ । र समयको मागसँगै मनकामना केवलकार अव एनलग प्रविधिबाट डिजिटल प्रविधिमा रुपान्तरण हुने भएको छ । जसका लागि मनकामना केवलकार आउँदो साउन देखि असोजसम्म बन्द हुने भएको छ ।
वि.सं. २०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको नेपालकै पहिलो केवल कार हो, ‘मनकामना केवल कार’ । मनकामना दर्शन प्रा.लिद्धारा सञ्चालित ३.०२ किलोमिटर लामो यो केवल कार हुँदै गोरखा जिल्लामा अवस्थित मुख्य शक्तिपिठ मनकामना मन्दिरमा पुग्न सकिन्छ । २५ वर्षअघि सञ्चालनमा आएको यो केवलकारलाई पछिल्ला दिन समयको मागअनुसार परिवर्तित र प्रविधिमा रुपान्तरण गर्ने कार्य जारी रहेको छ । मनकामना केवलकार प्यासेन्जर रोप वै भएकाले यसमा प्रयोग हुने सामाग्रि र मेन्टिनेन्समा कुनै पनि कन्जुस्याँई नगरिने मनकामना केबल कारका अपरेशन एण्ड मेन्टिनेन्स हेड सुनिल कर्मचार्यले बताएका छन् ।
‘केवल कार सञ्चालनको २५ वर्षपछि केवल कारको एनलग प्रविधिलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने कार्य भईरहेको छ’, कर्मचार्यले भने, ‘२५ वर्ष पुरानो टेक्नोलोजिलाई एकैपटकमा बदल्न नसक्ने हुँदा तीन फेजमा प्रविधि रुपान्तरणको काम सञ्चालन गरिरहेका छौँ ।’ उनका अनुसार गतवर्ष ३२ दिन केवलकार बन्द गरेर फस्र्ट फेजको अपग्रेडिङ काम सकिएको थियो । अब भने आगामी वर्षको साउन, भदौ र असोज गरी तीन महिना केवलकार बन्द गरी लट २ र लट ३ को काम सम्पन्न गरी मनकामना केवल कारलाई आधुनिक प्रविधिसँग जोड्ने कर्मचार्यको भनाई छ ।
त्यस्तै, समयको माग अनुसार मनकामना केवल कारको सम्पुर्ण कारोबार डिजिटल बैंकिङसँग जोडेको कर्मचार्यले बताए । ‘हाल केवल कारको टिकट व्यक्ति स्वयम आफैले मोबाइल वा कम्प्युटरको प्रयोग गरी ईसेवा, फोन–पे वा मोबाइल बैंकिङका विभिन्न माध्यमबाट पनि खरिद गर्न सकिन्छ’, उनले भने, ‘जसले मोबाइल बैंकिङ चलाउनुहुन्न, उहाँहरुको लागि टिकट बाँड्ने सिस्टम त छँदैछ ।’
केवल कार सञ्चालनमा आएसँगै मनकामना दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा पनि उल्लेख्य वृद्धि भएको देखिन्छ । अझ भनौ पछिल्लो समय मनकामना मन्दिर र केवलकार एकअर्काका प्रयायजस्तै भएका छन् । साप्ताहिक रुपमा मंगलबार र शनिबार अन्यन्तै भिड हुने मनकामनामा वार्षिक रुपमा भने अन्य महिनाको तुलनामा मंसिर महिनामा अत्यन्तै भिड लाग्ने गर्दछ । त्यस्तै, असार, साउन र भदौमा भने मनकामना प्राय ठप्प जस्तै रहने केबल कारका अपरेशन एण्ड मेन्टिनेन्स हेड सुनिल कर्मचार्यले बताएका छन् । भिडियो रिपोर्टः
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्