काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को तेस्रो वार्षिक साधारणसभा पौष २४ गते सफलतापूर्वक सम्पन्न भएको छ । उक्त साधारण सभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता ईश्वरी प्रसाद भट्टराईले सर्वसम्मत चयन भएको देहायको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको घोषणा गरेका थिए ।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष गोल्यानसहित वरिष्ठ उपाध्यक्षमा भोजबहाजुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा राजनसिंह भण्डारी, कोषाध्यक्षमा तुल्सीराम अग्रवाल रहेका छन् । त्यस्तै सचिवमा कुशप्रसाद मल्ली,सहकोषाध्याक्षमा प्रचण्डबहादुर श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा उपेन्द्र केशरी न्यौपाने, उपेन्द्र प्रसाद पौडेल,लिला प्रकाश सिटौला,मोतिलाल दुगर,राधेस पन्त ,महेन्द्र कुमार गोयल,भरतराज ढकाल,प्रो.हिरेन्द्र मान प्रधान चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिका अध्यक्ष पवनकुमार गोल्यानले सिबिफिनले स्थापनाको छोटो अवधिमै प्राप्त गरेको विरासतलाई थप उचाईमा पुर्याउदै, मूलतः बैंकिङ क्षेत्रको साझा संस्थाको रुपमा विस्तार गर्ने र बैंकिङ क्षेत्रको सुधार, विकास एवम् विस्तारमा केन्द्रित गर्दै समग्र राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुर्याउने अभिन्न सहयोगी संस्थाको रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
साथै, नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक लगायतका नियामक निकायहरु र सरोकारावाला संस्थाहरुसँग निरन्तर सहकार्य गर्दै तिव्र आर्थिक गतिविधि मार्फत राष्ट्रको अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउने दिशामा केन्द्रित हुने बताएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा समुद्धघाटन गरिएको उक्त साधारण सभाको बन्द सत्र नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा सम्पन्न गरिएको थियो ।
सिबिफिनको उक्त साधारण सभाको समुद्धघाटन समारोहका प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना मन्तव्य राख्दै उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै उत्पादकत्व बढाउने दिशामा अग्रसर हुन र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा एकजुट भएर लागि पर्न सबै पक्षहरुलाई सुझाव दिएकी थिइन् ।
त्यसैगरी, विशिष्ट अतिथिद्वय मन्त्री राजेन्द्र कुमार राई, अर्थविद् तथा पूर्व अर्थ मन्त्री डा. युवराज खतिवडा, विशेष अतिथि गभर्नर महा प्रसाद अधिकारीले शुभकामना मन्तव्य राख्दै मातहतका निकायहरुसँगको सहकार्यमा सिबिफिनले समग्र अर्थतन्त्रको सवलीकरणका लागि निर्वाह गर्दै आएको भूमिकालाई थप विस्तार गर्ने अपेक्षा व्यक्त गरेका थिए ।
उक्त साधारण सभाको अवसरमा नेपाल राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र नेपाल सरकारको अर्थमन्त्रीलगायतका महत्वपूर्ण ओहदाको सफलतापूर्वक नेतृत्व गरी राष्ट्रको अर्थतन्त्रलाई गतिशिल बनाउन अहम् भूमिका र योगदान पुर्याएका वरिष्ठ अर्थविद् डा. युवराज खतिवडालाई सिबिफिनले राष्टपतिमार्फत सम्मान समेत गरेको थियो ।
समुद्धघाटन समारोहमा राष्ट्रपति कार्यालयका विषयविज्ञ, विभिन्न मन्त्रालयका सचिव, सहसचिव, डेप्यूटी गभर्नर, व्यवसायिक संस्थाका प्रतिनिधि, कुटनैतिक एवं दातृ निकायका प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा प्रतिनिधिसहित विभिन्न संचारमाध्यमहरुको उपस्थिति रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्