Skip to content
LAXMI SUNRISE BANK

सिबिआईएल क्यापिटलको अध्यक्षमा पारस कुमार काफ्ले नियुक्त

अर्थ सरोकार

काठमाडौं । सिबिआईएल क्यापिटलको अध्यक्षमा पारस कुमार काफ्ले नियुक्त भएका छन् । क्यापिटलको पुस २४ गते बसेको १०५औं संचालक समितीको बैठकले काफ्लेलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उक्त बैठकमा सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडका तर्फबाट अन्य संचालकहरु राजेन्द्र लाल श्रेष्ठ, प्रमेश राज कायस्थ, कर्मचारी संचय कोष तर्फबाट सुवाष खड्काका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुईटेलको उपस्थिति रहेको थियो ।

नेपाल धितोपत्र बोर्डबाट सामुहिक लगानी कोषको प्रर्वद्धन, धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), शेयर रजिष्ट्रार तथा डि-म्याट खाता जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिबिआईएल क्यापिटल लि. सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको सह-लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ ।

काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजीबजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवि व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK