Skip to content
LAXMI SUNRISE BANK

व्यवसायिक वातावरण बनाएर आर्थिक गतिविधी चलायमान बनाउन चेम्बरको आग्रह

अर्थ सरोकार

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यवसायिक गतिविधी सहज बनाउन सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

मुलुकमा पछिल्लो समय व्यवसायिक गतिविधी सहज हुन नसकेको भन्दै चेम्बरले आर्थिक र वित्तीय अनुशासनमा जोड दिएको हो । व्यवसायिक कठिनाइका कारण आत्मदाह गर्ने अवस्था आउनु मुलुककै लागि दुर्भाग्य भएको चेम्बरको ठहर रहेको छ ।

‘वित्तीय संस्थामा लामो समय देखि सिर्जित समस्याले उद्योगी र व्यवसायिक क्षेत्रमा गम्भिर असर गरेको छ । व्यवसायिक समस्याकै कारण आत्मदाहको अवस्थामा पुग्नु समग्र राष्ट्रका लागि दुखदः घटना हो,’ विज्ञप्तिमा भनिएको छ ।

मुलुकमा नै केही गर्न खोज्ने युवाका लागि राज्य संयन्त्रबाट नीतिगत झण्झट अन्त्य गर्न र बैंक वित्तीय संस्थाले पनि ऋण लिने दिने प्रक्रियालाई सेवामुखी बनाउनु पर्ने चेम्बरले जनाएको छ । उच्च ब्याजदर नियन्त्रण एवं लगानी मुखी वातावरण निर्माणका लागि राज्यका निकायमा पटक पटक ध्यानकर्षण गराईएको चेम्बरले उल्लेख गरेको छ।

मुलुकमा हुने उधारो कारोबारलाई निरुत्साहित गरी नगद कारोबारलाई प्रोत्साहन एवं डिजिटल प्रणालीमा लैजान अध्यक्ष राजेन्द्र मल्लले आग्रह गरेका छन् । चेम्बरले ब्याजदरको स्थायीत्व र लगानीका लागि सहज वातावरण बनाउन केन्द्रीय बैंक एवं बैंक वित्तिय संस्थालाई पुनः आग्रह गरेको छ ।

पछिल्लो समय साना, मझौला, महिला उद्यमी, कृषि लगायतका क्षेत्रको उद्यमशिलता विकासका लागि राज्यले ठोस नीतिगत व्यवस्था गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK