काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो बैंकिङ मोबाइल एप सञ्चालनमा ल्याएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका कायममुकायम गर्भनर डा. निलम ढुंगाना तिमल्सिनाले उक्त एपको उद्धघाटन गरेकी हुन् ।
आफ्ना ग्राहकलाई प्रविधि प्रयोगमार्फत् सुलभ र सहज सेवा प्रदान गर्न एप सञ्चालनमा ल्याइएको लघुवित्तले जनाएको छ । एपको माध्यमबाट किस्ताको अनलाइन भुक्तानी, विजुली बत्तीदेखि घरायसी प्रयोजनका बिल भुक्तानी, तथा व्यक्तिगत खाताको विवरण हेर्ने लगायतका सुविधा प्राप्त गर्न सकिन्छ । यो एप मोबाईल फाईनान्स टेक्नोलोजी प्रा.लि.ले विकास गरेको हो ।
छिमेक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्माका अनुसार सञ्चालनमा ल्याइएको एपमा हाल नेपालका बैंक तथा वित्तीय संस्थाहरूले प्रयोग गरिरहेका एप बराबरकै फिचरहरू रहेका छन् । समाज र समय विस्तारै डिजिटल युगमा अभ्यस्त भएको बताउँदै शर्माले छिमेक लघुवित्त मुलुककै पुरानो र अग्रणी लघुवित्त भएकोले ग्रामिण क्षेत्रमा पनि डिजिटल बैंकिङ सेवालाई थप प्रोत्साहित गर्न एपले सहयोग गर्ने बताएका छन् ।
सन् २००१ मा स्थापित छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपालका ६९ जिल्लाका आफ्ना १९५ शाखाहरूमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ । लघुवित्तका अनुसार चार लाखभन्दा बढी गरिब तथा सीमान्तकृत महिला ग्राहकहरूसम्म वित्तीय पहुँच पुर्याएको छ भने एक करोड रुपैयाँको सानो चुक्ता पुँजीबाट सुरु भएको मूल कोषको करिब १८० गुणा आकारमा वृद्धि भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्