×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

श्रममन्त्री कि ‘ठग-मन्त्री’ ? अर्यालको म्यानपावरविरुद्ध ठगीको आरोप तामेलीमा ! (प्रमाणसहित)

BIZBAZAR

काठमाडौं । अहिले देशभर दुई कुरा देशभर चर्चामा छन् । पहिलो ‘यति एयरको विमान दुर्घटना’ र दोस्रो ‘मन्त्रिपरिषद् विस्तार’ । पोखरामा विमान दुर्घटना हुँदा ७२ जनाले ज्यान गुमाएर देशलाई स्तब्ध बनाएकै बखत सरकारले सत्ता भागबण्डाका क्रममा स्वार्थ बाझिने व्यक्तिलाई नै मन्त्री बनाएपछि देशभर यसको चर्को आलोचना भईरहेको छ ।

सत्ता भागबण्डाका क्रममा ‘ठेकेदार’लाई शहरी विकास मन्त्री र ‘म्यानपावर एजेन्ट’लाई श्रम तथा रोजगार मन्त्री बनाएपछि यसको विरोध सुरु भएको हो । यसअघि प्रधानमन्त्रीले स्वार्थ बाझिने गरी ठेकेदार पृष्ठभूमिका विक्रम पाण्डे र म्यानपावर एजेन्ट डोलप्रसाद (डिपी)अर्याललाई श्रममन्त्रीमा नियुक्त गरेका थिए ।

योसँगै नवनियुक्त श्रममन्त्री अर्याल अहिले चर्चामा छन् । म्यानपावर एजेन्टलाई श्रममन्त्री बनाएको भन्दै चर्को आलोचना हुन थालेपछि बुधबार अर्यालले स्पष्टिकरण समेत दिए । जहाँ उनले भनेका छन्- ‘विभिन्न व्यवसायमा छु, तर म्यानपावरमा छैन । साथीहरुले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौँ है भनेर ‘इन्टरनेशनल मार्केटिङ डाइरेक्टर’ पद लेखिदिए तर हटाइदिन भुले ।’ तर, उनले दिएको स्पष्टिकरण पूर्ण रुपमा झुठो भएको विभिन्न प्रमाणहरुले पुष्ठी गरेका छन् ।

यसैबीच नवनियुक्त श्रममन्त्री डोलप्रसाद अर्याल इन्टरनेशनल मार्केटिङ डाइरेक्टर रहेको श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिस प्रालिले ठगी गरेको आरोप तामेलीमा रहेको पाइएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार मलेसियामा रोजगारीमा जाँदा ठगेको भन्दै अर्याल अन्तराष्ट्रिय बजार निर्देशक रहेको श्रृष्टि ओभरसिजविरुद्ध उजुरी परेको पाइएको हो ।

विभागका अनुसार २०७१ साल कात्तिक ३० गते परेको उजुरी अहिले पनि तामेलीमा छ । तामेलीमा भए पनि उजुरीमाथि अनुसन्धान गर्न बाटो भने बन्द भएको छैन । ‘यदी यो विषयमा उजुरी दिएकाहरुले आवश्यक प्रमाणसहित पुनः विभागमा सम्पर्क गरे छानबिन सुरु गर्न सकिन्छ ।’ -विभागका एक कर्मचारीले भने ।

विभागमा परेको उजुरीउपर समयमा सुनुवाई हुन नसकेपछि उजुरीकर्ताहरु पछि विभागमा जान छाडेका थिए । तर, अझै पनि उनीहरुले सम्पर्क गरेमा छानबिन सुरु गर्न सकिने ठाउँ प्रशस्तै रहेको विभागले जनाएको छ ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal