×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इमर्जिङ्ग नेपालको ७औं वार्षिक साधारणसभा सम्पन्न, संचालकमा सिल्वाल निर्वाचित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

इमर्जिङ्ग नेपालको ७औं वार्षिक साधारणसभा सम्पन्न, संचालकमा सिल्वाल निर्वाचित

Artha Sarokar

२९ पुष २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको ७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

काठमाडौंमा बिहीबार सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक आर्थिक विवरण, कम्पनीको सहायक कम्पनी ‘होटल एलिस द वोण्डर इन लि.’ को आ.व. २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गरेको छ ।

साथै, कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक सर्वसहमतिले पारित गरेको छ । सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकमा विकास सिल्वाललाई निर्विरोध निर्वाचित समेत गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी