काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाबाट अन्तराष्ट्रिय गन्तव्यको टिकट काट्नेको संख्या बढ्दै गएको छ । पछिल्ला दिनमा नेपाली तथा विदेशीहरू इसेवामा सेवा सहज र सरल हुँदै गएका कारण विदेश भ्रमणमा रहँदा सबैभन्दा पहिले इसेवाको मोबाईल एप्स् मार्फत टिकट काट्न थालेका हुन् । इसेवाले अन्तराष्ट्रिय गन्तव्यका लागि थप सुविधाहरू प्रदान गर्दै गइरहेको जनाएको छ ।
इसेवाले नेपालको आन्तरिक उडानको क्षेत्रमा लामो समयदेखि टिकट बिक्री गर्दै आएकोमा अन्तर्राष्ट्रिय उडानहरुको समेत टिकट बिक्री गर्दा यसप्रति आकर्षण बढ्दै गएको हो । इसेवाको सेवा मार्फत वैदेशिक यात्रामा जाने हरेक नेपालीले इसेवामार्फत् कुनै पनि देशका गन्तव्यका हवाइ टिकट सहजै काट्न सक्नेछन् । इसेवा टुर्स एण्ड ट्राभल्सले आफ्नो सुरूवात देखि नै अहिलेसम्म ६० हजार भन्दा धेरै यात्रुलाई अन्तर्राष्ट्रिय गन्तब्यको सुविधा दिइसकेको बताएको छ ।
देशभर एक लाख ६५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्